कालिकोट – जिल्लाको रास्कोट नगरपालिका राष्ट्रिय साक्षर अभियानमा जोडिएको छ । कालिकोट जिल्लामा रास्कोट नगरपालिका स्थित बडिमालिका माध्यामिक बिद्यालयको प्रागढमा आयोजित १ कार्यक्रममा नगरलाइ साक्षर नगरपालिका अर्थात शिक्षामा पहुच पुगेको नगरमा घोषणा गरिएको हो । शिक्षापाउने हकबाट कसैले पनि वञ्चित हुन नपरोस् भन्ने उद्देश्य अनुरूप सरकारले विशेष महत्वका साथ साक्षरता अभियान सञ्चालन गर्दै आएको छ । सन् २००० मा थाइल्यान्डमा भएको संयुक्त राष्ट्रसङ्घीय अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनमा सन् २०१५ भित्रै मुलुकबाट निरक्षरता उन्मूलन गर्ने भनी नेपालले लिखित प्रतिबद्धता जाहेर गरे पछि यो अभियान सुरू भएको हो तर नेपालले यो अभियान अपेक्षित उपलब्धिमुलक हुन नसकेको सरोकारवालको भनाइ छ । यद्यपि राष्ट्रिय जनगणना, २०७८ अनुसार मुलुकको कुल साक्षरता दर ७६.२ प्रतिशत मात्र देखिनुले अझै पनि आधारभूत शिक्षाको पहुँचबाट बाहिरै रहेको २३.८ प्रतिशतलाई शिक्षाको मूल प्रवाहमा समाहित गर्न बाँकी नै रहेको स्पष्ट देखिन्छ पहिलो पटक विसं २०६५ मा निरक्षरता अन्त्य गर्ने अभियान सुरु गरेको सरकारले दुई वर्षभित्रै निरक्षरता उन्मूलन गर्ने लक्ष्य लिएको थियो । गुणस्तरीय र जीवनोपयोगी शिक्षा सरकारको उच्च प्राथमिकतामा रहेको भन्दै साक्षर नगरपालिका घोषणा कार्यक्रममा रास्कोट नगरका मेयर धर्मराज शाहीले विद्यालय जाने उमेरका सबै बालबालिकालाई गुणस्तरीय शिक्षा र विद्यालय उमेर नाघेका १५ देखी ६० बर्ष उमेर सबै नागरिक साक्षर भएको बताउनु भयो । अवसर जुटाउने विषय सरकारको प्राथमिकतामा रहेको बताउनुले निरक्षरता उन्मूलन अभियानलाई सरकारले महìव दिएको स्पष्ट हुन्छ । अनिवार्य तथा निःशुल्क शिक्षा पाउने मौलिक हकको सुनिश्चितता गरिने र साक्षरता तथा आजीवन सिकाइका कार्यक्रम सञ्चालन गरेर निरक्षरतालाई साक्षरतामा रूपान्तरण गर्न सबैको एकताबद्ध प्रयास आवश्यक छ । कालीकोटको रास्कोट नगरपालिकालाई साक्षर पालिका घोषणा गरिएको छ । शुक्रबार रास्कोटमा आयोजित एक समारोहबीच रास्कोट नगरपालिकालाई साक्षर पालिका घोषणा गरिएको हो । नगरपालिकाले साक्षर घोषणा मापदण्डका सबै सूचक पूरा भएपछि साक्षर पालिका घोषणा गरेकोे नगर प्रमुख धर्मराज शाहीले बताउनु भयो । कार्यक्रम रास्कोट नगरपालिकाका नगरप्रमुख धर्मराज शाही (पोषण)को अध्यक्षयतामा र जिल्ला समन्वय समितिका प्रमुख धनजित शाहीको प्रमुख आतिथ्यता तथा सामाजिक बिकास कार्यालय कालिकोटका प्रमुख रछाने लुवार नेकपा माओवादी केन्द्र नगर कमिटी अध्यक्ष सुवास खड्का, नेपाली कांग्रेस प्रदेश ‘ख’ का सभापति आनन्द बहादुर शाही, नेकपा एमालेका इन्चार्ज काली बहादुर शाही, नेकपा माओवादी केन्द्रका नेता जगत ब शाही , एमाले नेता दयाराम सिम्खाडा ,नेकपा समाजवादीका नेता शनेस शाही र नेकपाका निर्देशन सी लगायतले शुभकामना दिदै अब साक्षरतादर बृद्वी गरि पुर्ण साक्षर बनाउने लक्ष्य लिनु पर्ने बताउनु भयो । कार्यक्रममा वडा नं ५ का वडा मन तिरूवा , वडा नं ८ का अध्यक्ष मनिराज बराल , ९ का अध्यक्ष मान ब धाम, अभिभावक, विद्यार्थी, संघसंस्थाका प्रतिनिधि, विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागितामा साक्षर पालिका घोषणा गरिएको हो । अभियानमा जोडिएका विभिन्न साझेदार संघसंस्थाको सहयोग र रास्कोट नगरपालिकाको आयोजनामा रास्कोट नगरपालिकालाई साक्षर पालिका घोषणा गरिएको हो । राष्ट्रिय साक्षरता मापदण्डअनुसार ५ देखि ५९ वर्ष उमेर समूहका जनसंख्यामध्ये ७८ प्रतिशत माथि साक्षर भएमा साक्षर पालिका घोषणा गर्न सकिने प्रावधान रहेको छ ।
Discussion about this post