कर्णाली प्रदेशको दोस्रो पञ्चवर्षीय योजना निर्माणका लागि छलफल सम्पन्न

कर्णाली प्रदेशको दोस्रो पञ्चवर्षीय योजना निर्माणका लागि छलफल सम्पन्न

 

 

कर्णाली प्रदेश योजना आयोगले ०८१/८२ देखि ०८५/८६ सम्मको दोस्रो पञ्चवर्षीय योजना निर्माणका लागि आज कर्णालीमा कार्यरत प्राज्ञिक व्यक्तित्व र सञ्चारकर्मीहरूसँग छलफल सम्पन्न गरेको छ। कार्यक्रमको उद्घाटन मुख्यमन्त्री तथा आयोगका अध्यक्ष यामलाल कँडेलले गर्नुभएको थियो।

माननीय मुख्यमन्त्री यामलाल कँडेलले नितिमा जाेड दिदै कर्णाली प्रदेश सरकार र सराेकारवाला सबैका लागि मार्गनिर्देश गर्ने र सबैले ग्रहण गर्न लायक पारितन्मुख दस्ताबेज तयारीमा रहेकाे बताउनु भएकाे छ! आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहको मन्तव्य सहित याेजना आयाेगले समष्टिगत रूपमा समृद्ध कर्णाली निर्माणका लागि सुशासन, सामाजिक न्याय र सबैले स्वीकार गर्न सक्ने नीति र योजना बन्न लागेकाेमा खुसी ब्यक्त गर्नु भएकाे छ ! कार्यक्रममा स्वागत तथा उद्वेश्य माथि प्रकाश पार्दे कर्णाली प्रदेश याेजना आयाेगका माननीय अशाेक नाथ याेगीले कर्णाली प्रदेश याेजना आयोगले बिभिन्न चरणमा विभिन्न निकाय बाट प्राप्त सुझावहरूलाई समेट्दै शक्तिशाली,बैभवशाली, र समृद्धशाली कर्णाली निर्माणको र बिकासकाे अभियानलाई निरन्तरता दिने काममा आयाेग निरन्तर लागि परेकाे बताउनु भयाे ।

कर्णाली प्रदेश याेजना आयाेगले प्रदेश सभाका माननीय सदस्यहरू, बिकास साझेदारहरू,उधमी,ब्यबसायी,निजी सहकारी क्षेत्र पछि प्राज्ञिक क्षेत्र र संचार जगत संग काे चरण बद्व रूपमा छलफल गरिएकाे साझा दस्ताबेज र सर्ब स्वीकार्य प्रदेश सरकार र सबै सराेकार वालाहरू लाई समृद्व कर्णाली र सुखारी कर्णाली बासीकाे साेच लाई पूरा गर्न लागि परेकाे र सबैले स्वामित्व लिने गरि कार्यन्वयनमा समेत् सबैकाे सहयाेग रहने गरि सकरात्मक र रचनात्मक सुझाबकाे अपेक्षा गरेकाे बताउनु भएकाे छ ।

आयाेगका उपाध्यक्ष माननीय सुर्य नाथ याेगीले प्रस्तुत गरेकाे मस्यौदा माथि छलफल गरि थप सुझावहरू संकलन गरिएकाे थियाे ! कर्णाली प्रदेश याेजना आयाेगका उपाध्यक्ष र सदस्यले श्रावण २४ गते सपथ लिए यता रातादिन छाेटाे समयमा निकै मेहनतका साथ तयार पारेकाे बृहत् र बिस्तृत १५ परिच्छेदकाे याेजनाकाे अन्तिम मस्यौदा दस्तावेजकाे प्रशंसा समेत गरिएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित