कालीकोट – प्रथम कालीकोट महोत्सव आज देखी उद्घाटन भएको छ । समृद्ध कालीकोटको प्रमुख विकासको आधार, कृर्षि पर्यटन सँस्कृति उद्योग र पुर्वाधार भन्ने मुलनाराका साथ प्रथम कालीकोट महोत्सव उद्धघाटन भएको हो । कर्णाली प्रदेशका उद्योग पर्यटन बन तथा बाताबरण मन्त्री माननीय सुरेश अधिकारीले कर्णाली प्रदेशमा रहेका पर्यटकिय क्षेत्रको प्रचार प्रसारमा महत्वपुर्ण सहयोग पुग्ने बताए । उनले भने समृद्ध कालीकोट बनाउन कृर्षि पर्यटन सँस्कृति उद्योग र पुर्वाधारका क्षेत्रमा राज्यले लगानी गरेको छ । यो महोत्सवले यहाँका किसानहरुले उत्पादन गरेका रैथाने अन्नबालीको प्रचार गर्नुका साथै निर्यात गरी ब्यवसायमा बृद्धि गर्नेछ ।
उद्योग बाणिज्य संघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले देशमा अर्थतन्त्र खस्किदो अबस्थामा रहेका बेला कालीकोटमा गरिएको प्रथम महोत्सवले यहाँको आन्तरीक ब्यापारमा सुधार ल्याउने बताए । उनले भने कर्णालीका सम्पुर्ण ब्यापारीहरुको हक हितका लागि काम गर्ने उद्योग बाणिज्य संघले प्रदेशका बिभिन्न जिल्लामा महोत्सवको आयोजना गरी कृर्षि पर्यटन, सँस्कृति उद्योग र पुर्वाधारमा परिवर्तन ल्याउने छौ । यस्तै माननीय दुर्गबहादुर रावतले कर्णालीको विकासका लागि राज्य अझै गम्भिर नभएको आरोप लगाए । उनले भने कर्णालीमा रारा, पँचालझरना, बडिमालिका, सेफोक्सोण्डो ताल जस्ता मुख्य मुख्य पर्यटकिय सम्भावना बोकेका क्षेत्रहरु हँुदाहुदै पनि सरकारले यसको संरक्षणमा ध्यान दिएको छैन । कर्णालीलाई अझैपनि दोस्रो दर्जाको प्रदेशमा रुपमा राखेर बजेट बिनियोजन गर्ने गरेको छ । पर्यटकिय सम्भावना त छँदैछन् जल जंगल र जडिबुटिले कर्णाली आत्मनिर्भर छ । राज्यले यदी कर्णालीमा लगानी केन्द्रित गरी आन्तरीक तथा बाह्य पर्यटकहरुको आवागमन भएको खण्डमा राज्यको कोषमा बृद्धि हुन सक्छ ।
यस्तै माननीय दक्षिणा शाहीले नेपाली भाषाको उत्पती भएको कर्णालीमा बिभिन्न सँस्कृतिले भरिपुर्ण भएको बताइन् । उनले भनिन् पुरानो सँस्कृति देउडा, झोडा, मागल, चुट्किला, हुड्के नाचको संरक्षणका लागि पनि महोत्वस आबस्यक हो । कर्णालीले सँधै भिक मागेर यहाँका नागरीकहरुको जीवनमा परिवर्तन आउन सक्दैन् । राज्यले प्राकृति श्रोत र साधनको संरक्षणमा लगानी गरे कर्णाली आफैमा आत्म निर्भर बन्न सक्छ । महोत्सवमा स्थानीय उत्पादनहरु राडि पाखी, स्याउ, सिमी ओखर, जडिबुटि, काइनाइट लगाएतका कृर्षि उत्पादनहरु राखिएका छन् ।
महोत्सवमा कर्णालीका दश वटै जिल्ला र छिमेकी जिल्ला, बाजुरा, अक्षाम, डोटी, कैलालीबाट दर्शकहरुको उपस्थिती हुने देखिन्छ । एक हप्ता सम्म सञ्चालन हुने महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको उपस्थिति रहने उद्योग बाणिज्य संघ कालीकोटका अध्यक्ष रतनबहादुर शाहीले बताए । उनले भने प्रथम कालीकोट महोत्सव २०८१ ले कालीकोटमा उत्पादन भएका स्थानीय रैथाने बस्तुको बजारीकरणमा टेवा पुग्नेछ । नागरीकको जनजिविका सँग जोडिएका मुद्धाहरुको उठान गरी स्थानीय सरकारलाई जिम्मेवार बनाउने छ ।
प्रथम कालीकोट महोत्सवमा संविधान सभाका सदस्य माननीय तुलाराज बिष्ट , नेपाली काँग्रेसका पार्टि उपसभापति मिनबहादुर बोगटी, नेकपा एमालेका पुर्व कृर्षि मन्त्री कुर्मराज शाही, नगरपालिका प्रमुख, गाउपालिका अध्यक्ष, तथा जिल्लाबासीको बाक्लो सहभागिता रहेको थियो ।
सम्बन्धित फोटो ः
फोटो क्याप्शन ः प्रथम कालीकोट महोत्सव उद्धघाटन भएको तस्वीर ः
Discussion about this post