Online News Khabar

प्रशासन र प्रहरी कार्यालयले गरे सार्वजनिक सुनुवाइ

888
SHARES
1k
VIEWS

कालिकोट – जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयले आफ्नाे सेवाप्रवाहका बिषयमा जनतामाझ सार्वजनिक सुनुवाइ गरेका छन्।
सुशासन , पदाशिकताका लागि कुनै पनि सरकारी तथा गैर सरकारी संस्थाले प्रत्येक चाैमासिक सार्वजनिक सुनुवाइ गर्नु पर्ने कानुनमा छ ।
तर, कालिकोटका बिकासी अड्डाहरूले सार्वजनिक सुनुवाइ नगरेकाे अवस्थामा प्रहरी कार्यालय र प्रशासनले सुरू गरेकाे छ ।
राज्यका हरेक संघ संस्थाले आफ्नाे सेवा प्रवाहका बिषयमा जानकारी गराउनु पर्ने र सुझाव लिनु पर्ने हुन्छ ।
यहि नियमलाई अवलम्बन गरि जिल्ला प्रशासन र जिल्ला प्रहरीले कार्यालयले पहिलाे पटक जनतामाझ सार्वजनिक सुनुवाइ गरेकाे थियाे ।

?
प्रमुख जिल्ला अधिकारी गणेश नेपाली र प्रहरी नायव उपरीक्षक अर्जुन केसि र जिल्ला समन्वय समितिका उपप्रमुख जवाफदेहिता बक्ताका रूपमा रहेका थिय । गुनासाे र प्रश्नकर्ता राजनिती दल, नागरिक समाज र सेवाग्राही रहेका थिए । बिषेश गरि नुन बितरण न्याेचित तरिकाले नगरेकाे भन्दै सुझाव दिएका थिए ।
सार्वजनिक सुनुवाइमा सहभागीले याे अभ्यास प्रति धन्यवाद दिएका थिए ।
कार्यक्रममा दुवै कार्यालयले गरेका उपलब्धि समेत सार्वजनिक गरिएको थियाे । कार्यक्रम संचालन प्रहरी निरिक्षक पाेषण थापाले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित