सुर्खेत – सामाजिक जागरण तथा बिकास प्रतिष्ठान( सादा नेपाल) संस्थाकाे आयाेजना, प्लान ईन्टरनेशनल काे सहयाेग र कर्नाली प्रदेश सामाजिक बिकास मन्त्रालयकाे समन्वयमा सादा नेपाल संस्थाकाे कार्यकारी निर्देशक अशाेक नाथ याेगीकाे अध्यक्षतामा सामाजिक बिकास समितिका सभापति प्यानलिष्ट मूख्य बक्ता माननिय घनश्याम भण्डारी ज्यूकाे प्रमूख आतिथ्यतामा, अतिथि तथा प्यानलिष्ट बक्ता माननीय बिजया बाेहरा ज्यू,प्यानलिष्ट बक्ता तथा अतिथि प्रदेश प्रहरी कार्यलयका प्रहरी उपरिक्षक बिनाेद शर्मा ज्यू,
प्लान नेपालका क्षेत्रिय प्रबन्धक तथा प्यानिष्ट बक्ता मीना पराजुली ज्यू, अतिथि तथा प्यानलिष्ट बक्ता स्वास्थ्य सेवा महाशाखाका प्रमूख बिर्ष बहादूर शाही लगायत सम्पूर्ण संचारकर्मी, प्लान इन्टरनेश्नल नेपालका कार्यक्रम प्रबन्धक अम्बिका तिमिल्सेना,
बिज्ञ दुर्गा क्षेत्री, बिनय ज्ञवाली,कार्यक्रम संयाेजक जनक गिरी दिक्षा भाट लगायत सबै नागरिक समाजका प्रतिनिधीहरू सहजकर्ता सिमरन शेरचन ज्यू लगायत निल हिरा समाजमा आबद्व सहभागी हरू सबै क्षेत्र बाट प्रतिनिधित्व गनें र ब्बस्थापनमा खटिने सादा नेपालका कार्यक्रम संयाेजक दलसिंह कूमाल र संयाेजक जगत उपाध्याय, फिल्ड अफिसर केबफ बहादुर बम,निलम गिरी फिल्ड सुपरभाईजर निर्मला बाेहरा लगायत रातादिन खटिने लेखा ब्यबस्थापन संयाेजक नयन राेकाय,लेखापाल माेना कठायत लगायतकाे सहभािगता रहेकाे थियाे ।
बिशेष अतिथि बक्ता सामाजिक बिकास मन्त्रालयका निमित्त सचिब जवारीलाल हमाल ज्यू,सामाजिक बिकास मन्त्रालयका बिषयगत प्रमुख तथा प्रतिनिधि नागरिक समाज स्ंस्थाका प्रमूख तथा प्रतिनिधि पत्रकार नागरिक दैनिक नगेन्द्र प्रसाद उपाध्याय, कान्तिपुर दैनिक ज्याेति कटुवाल गाेर्खापत्र दैनिक नवीन शाही लगायतकाे रहेकाे थियाे।
“यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको अधिकारका लागि नीति संवाद कार्यक्रम” -कर्णाली प्रदेश, सुर्
हालै यौनिक तथा लैङ्गिक अल्पसंख्यक (LGBTIQ+) समुदायको अधिकारका लागि नीति संवाद कार्यक्रम सरकार र बिभिन्न सरोकार निकाय बिचमा कर्नाली प्रदेशकाे बिरेन्द्रनगरमा सम्पन्न भएको छ । उक्त कार्यक्रम सामाजिक जागरण तथा विकास प्रतिष्ठान ( सादा नेपाल) ले प्लान इन्टरनेशनल नेपाल र सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश संगको समन्वयमा आयोजना गरेको थियो
कार्यक्रममा सहभागीहरूले यस लैगिक अल्पसंख्यक समुदायको कानूनी संरक्षण, भेदभाव विरुद्धका कदमहरू,स्वास्थ्य सेवा र शिक्षामा समान पहुँचजस्ता महत्त्वपूर्ण मुद्दाहरूमा छलफल गरे। प्रमुख वक्ताहरूले LGBTIQ+ समुदायका सदस्यहरूलाई सम्मानजनक र सुरक्षित वातावरण प्रदान गर्न आवश्यक उपाय तथा नीति बनाउन पर्नेमा जोड दिए I
संवाद कार्यक्रममा कानूनी सुधारका साथै सामाजिक सचेतना अभिवृद्धि गर्नुपर्ने आवश्यकतामा पनि जोड दिइयो। सहभागीहरूले भेदभाव र हिंसाविरुद्ध कडा कानूनी कदम चाल्नुपर्नेमा सहमति जनाए। साथै, शिक्षा र स्वास्थ्य क्षेत्रमा LGBTIQ+ मैत्री नीति तथा कार्यक्रमहरूको विकास गर्नुपर्नेमा सबैको जोड रह्यो। कार्यक्रममा विभिन्न सहभागिहरुले आफ्नो अनुभव र सफलताका उदाहरणहरू साझा गर्दै आगामी रणनीतिहरूमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
यस नीति संवादले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको अधिकार संरक्षण र प्रवर्द्धनका लागि ठोस कार्ययोजना बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने छ । सहभागीहरूले समावेशी नीतिहरू र संयुक्त प्रयासहरूको महत्त्वमाथि जोड दिए, जसले LGBTIQ+ समुदायका व्यक्तिहरूको जीवनस्तर उकास्न र उनीहरूको अधिकार सुनिश्चित गर्न मद्दत पुर्याउँछ। कार्यक्रमको समापनमा सबै पक्षहरूले मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै भविष्यमा यस्ता संवाद कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरे।
सादा नेपालका कार्यकारी निर्देशक, अशोकनाथ योगीको सभाध्यक्ष, माननीय घनश्याम भण्डारी ज्यूको प्रमूख आतिथ्यतामा ( सभापति- सामजिक विकास समिति) माननीय बिजया बोहोरा (कर्णाली प्रदेश सभा सदस्य), जवाहरलाल हमाल (निमीत्त सचिव- सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेश), प्रहरी उपरीक्षक बिनोद शर्मा ( प्रहरी प्रदेश कार्यालय, कर्णाली प्रदेश), प्लान इन्टरनेशनल नेपाल क्षेत्रिय कार्यालय प्रमूख मिना पराजुली, सिमरन शेरचन ( रास्ट्रिय यौनिक तथा लैङ्गिक अल्पसंख्यक महासंघ- रास्ट्रिय कार्यक्रम संयोजक) साथै पत्रकार, गैर सरकारी संस्थाका प्रतिनिधि, यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका सदस्य, आदिको उपस्थितिमा कार्यक्रम संचालन गरिएको थियो ।
हाल उक्त कार्यक्रम सामाजिक जागरण तथा विकास प्रतिष्ठान (सादा नेपाल) ले प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा कालिकोट जिल्लाको रास्कोट नगरपालिका र सान्नी त्रिवेणी गाउँपालिकामा सन् २०२४ देखि संचालन गरिरहेको छ ।
शान्ति, विकास, सुशासन र सामाजिक न्यायको क्षेत्रमा कार्य संचालन गर्दै स्वालम्बी समतामुलक मानब सुरक्षासहितको समुन्नत नमुनाको अधिकार सम्पन्न समाज निर्माण गर्ने उद्देश्यका साथ सामाजिक जागरण तथा विकास प्रतिष्ठान (सादा नेपाल) सन् १९९८ मा स्थापना भएको र आफ्नो स्थापनाकाल देखिनै बाल बिबाह न्यूनिकरण, बाल संरक्षण, बाल प्रत्याभुत संचार व्यवस्थापन, जलवायु परिवर्तन, जोखिम व्यवस्थापन, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण , पैरवी तथा अल्पसंख्यकका क्षेत्रमा समाजमा सकरात्मक परिवर्तनका लागि कर्णाली प्रदेशका जिल्ला लगायत बिभिन्न जिल्लाहरुमा समुदाय परिचालन र नितीगत पैरवीको क्षेत्रमा कार्य गदै आईरहेको कुरा सादा नेपालका कार्यकारी निर्देशक अशोकनाथ योगीले संबादले निकालेका ५ वटा स लाई सचेतना र सहजिकरण,समाबेशिता र समानता,समन्वय र सहकार्य,साझेदारी,संबेदनशिलता र शशक्त नीति निर्माण र कार्यन्वयन मा कानुनी सहजता र सरलता बजेट र कार्यक्रम साझेदारीमा प्रतिबद्वता देखिएकाेले आगामी दिनमा निरन्तरता दिने र १० वटा जिल्लालाई समेट्ने गरि एकीकृत र विशिष्ट रूपमा हातेमालाे गर्दे अगाढी बढ्ने याेजना रहेकाे हामी सरकार र सामाजिक संस्था संयुक्त अभियानमा रहेकाे उक्त कार्यक्रममा बताउनु भयो।
प्लान र सादा नेपालले दुर दराजमा काम गनें गरेकाे र छाेटाे समयमा पनि महत्त्वपूर्ण सिकाई र उपलब्धि भएकाे छ। आगामी दिनमा सहकार्य गरेर जान एकीकृत रूपमा अभियान नै संचालन गनें याेजना रहेकाे प्लान ईन्टरनेश्नल नेपाल प्राथमिकताका साथ लागि पनें प्लान नेपालकी क्षेत्रिय प्रबन्धक मिना पराजुलीले बताउनु भएकाे छ !हिजाे अस्ति २/४ जना हिड्नु हुन्थ्याे भने आज बाट कर्नालीमा संस्थागत रूपमा हामी नीति र ऐेन बनाउने निकायमा रहेका सांसदहरूलाई सहभागी गराएर सादा नेपालले गरेकाे कार्यक्रम अत्यन्तै प्रभाबकारी रहेकाे छ । सरकार प्रमूख र मन्त्रीलाई समेत घच्घच्याउन जरूरी छ । हामी हाम्रो ठाउँ बाट सामाजिक बिकास समितिबाट विशेष पहल गनेंछाै याे नीतिगत पैरबी र समुदाय परिचालनकाे कामलाई सादा नेपाल प्लान नेपालले नियमित गर्नु पनें देखिन्छ : हामी प्रतिबद्व छाै भन्दै सामाजिक बिकास समितिका सभापति घनश्याम भण्डारीले बताउनु भयाे ।
सादा नेपाल ले गरेकाे काम सुन्याै राम्रो लाग्याे आकश्यक छ अरू पालिका र जिल्लामा पनि लागु गर्न सुझाब दिन्छु म प्रदेश सांसद भएकाेले कानुन र ऐन निर्माण नीति निर्माणमा निरन्तर आवाज उठाईरहनेछु भनेर माननीय बिजया बाेहराले बताउनु भयाे ।
कार्यक्रममा स्वास्थ्य महाशनखा प्रमूख बृष बहादूर शाहीले तथ्यांक संकलन र विश्लेषण लगायत सेवा प्रबाहमा याैनिक अल्पसंख्यक लाई समेट्ने पहल गरिने बताउनु भएकाे छ।
सामाजिक बिकास मन्त्रालय का निमित्त सचिब जवारीलाल हमालले बाेल्दै भन्नू भयाे सादा नेपाल र प्लान नेपालले गरेकाे काम राम्रो र प्रभाबकारी शिक्षा,स्वास्थ्य,बालबालिका र बालबिबाह न्युनिकरणकाे काम अत्यन्तै सह्रानिय छ मन्त्रालय संग समन्वय भएर कार्यक्रम भएकाे छ मन्त्रालयका तर्फबाट गनें कामका लागि सहयाेग रहनेछ ।
सवाल पहिचान महत्त्वपूर्ण हाे सादा नेपालले उठाएकाे सवाल ठिक छ । हामी सहयाेग गर्न तत्पर छाैं
म कालिकाेटमा बसेकाे छु नेपालकै बिकट जिल्ला हाे जहाँ कार्यक्रम भएकाे पालिकाहरू छन ती झन बिकट छन सादा र प्लान लाई धन्यबाद छ।
म देशै भरि सेवामा जाँदा अन्त धेरै अगाडि छ कर्नालीले ढिलाे भए पनि ठिक समयमा भएकाे छ। खुल्न नसक्ने र पहिचानकाे समस्षय छ सहज वातावरण बनाउनु पर्छ भन्दै प्रदेश प्रहरी कार्यलयका प्रहरी उपरिक्षक बिनाेद शर्माले बताउनु भएकाे छ
Discussion about this post