कालिकोट – खाँडाचक्र नगरपालिका का नि. प्रमुख प्रशासकीय अधिकृत प्रवलजंग शाही र लेखा अधिकृत धिरबहादुर शाहीले आफ्नाे जिम्मेवारी बाट राजिनामा दिएका छन ।
जनप्रतिनिधिको चर्काे दवाबमा काम गर्न नसक्ने भन्दै असार मसान्तकाे मुखैमा रकम जिम्मेवारी बाट राजिनामा दिएकाे बताएका छन ।
गैर कानुनी रूपमा भुक्तानी दिन बाध्य बनाउने , याेजनामा काम गरेर खर्च गरिसक्ने समयमा याेजना बाडफाँड गर्ने , बजेट र रकम बिनै आफ्ना कार्यकतालाई शिफारिस गर्न बाध्य पार्ने जस्ता कार्यहरू गर्न नसकिने भन्दै जिम्मेवारी बाट राजिनामा दिएकाे लेखा अधिकृत धिरबहादुर शाहीले बताए ।
उनले भने जनप्रतिनिधिले अन्तिममा आएर बजेट भन्दा बढि शिफारिका लागि भुक्तानी दिन लगाउने काम भयाे । हाम्राे पनि जागिरकाे सवाल छ । कानुनी रूपमा भुक्तानी दिन सकिदैन शाहीले भने ।”
जनप्रतिनिधिले शिफारिस गरेर लेखामा पठाउछन । यता बजेट छैन । बिना बजेट बिनै शिफारिस गर्नाले अहिले लेखापालले दिएन भन्छन । हरेक दाेष अन्तिममा लेखालाई दियर काम गर्ने वातावरण मिलेन ।
असार मसान्तकाे मुखमा रकम भुक्तानी दिन छाडेर अलग बस्ने मन थिएन ।
जनप्रतिनिधिकाे आफुखुसि मनपरि शिफारिस गरेर काम गर्ने वातावरण नमिलेर जिम्मेवारी बाट अलग रहन परेकाे हाे ।
असार मसान्तकाे बेला लेखा र प्रमुखले जिम्मेवारी बाट बाहिरिए पछि उपभोक्ता देखि अन्य सेवाग्राही चर्काे मर्कामा परेका छन ।
काम गर्ने वातावरण मिलेमा जिम्मेवारी मा फर्किने लेखाअधिकृत शाहीले बताए ।
Discussion about this post