त्रिभुवन बिश्वबिद्धालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन २०७९ चैत्र ५ गते गर्न आफ्नो कार्यतालिका प्रकाशन गर्यो । र उक्त कार्यतालिका लागु गर्न देशै भरका सम्बन्धन प्राप्त तथा आङ्गिक क्याम्पसहरुमा पत्राचार जिम्मेवार ढङ्गले गर्यो । त्यो निरंकुश राजतन्त्र सहितको पंचायती व्यवस्था हुदै गर्दा पनि स्वतन्त्र बिद्यार्थी युनियन को चुनाब भने हरेक २÷२ वर्ष मा हुदै आएको थिय। तानाशाह हरुको राजकाज रहेकै बेला पनि बिद्यार्थी संगठन बिच भने २÷२ वर्ष को समयावधि मा लोकतान्त्रिक अभ्यास भैरहेको थियो। तर गणतन्त्रको हिमायती भन्ने कम्युनिस्था र लोकतन्त्र लाइ आत्मसाथ गर्ने काङ्ग्रेस हरुले यो देश को ब्यबस्था परिबर्तन भए देखिनै स्ववियुलाई निरन्तरता दिन भने सकेका थिएनन। बिधि र कानुनि शासन को ओकालत गर्ने यी दलहरु आफु बिच बिचलन आईरहेको र बाहिरि मुखले लोकतान्त्रिक गणतन्त्रतात्मक शासन व्यवस्था को व्याख्या गरेता पनि आफु नेतृत्व मा पुगिसकेपछि त्यहि पुरानो एकात्माक शासन ब्यबस्थालाई अंगीकार गरेको आजका दिन सम्म पनि स्पस्ट देख्न सकिन्छ । तर त्रि बि ले पत्राचार गरेको त्यो सुचनाले हराउदै गईरहेको स्ववियु को शाख ब्युतिने र खस्कि रहेको बिधार्थी आन्दोलन माथि नया आशाका मुलाहरु फुट्दै थिए। हरेक कालखण्डमा देश को एऐतिहासिक राजनैतिक व्यवस्था परिबर्तन गर्न महत्वपुर्ण भूमिका निर्बाह गर्ने बिद्यार्थी आन्दोलन बिच पुन ताजकी आउदै थियो । समग्रमा सबै विद्यार्थी सङ्ठनहरु चुनाबी माहोलमा होमिनलाई सकारात्मक नै देखिन्थे।
प्रत्यक २–२ बर्ष को अन्तराल मा हुनुपर्ने स्वतन्त्र विद्यार्थी युनियनको निर्बाचन धेरै समय पश्चात् हुँदै थियो। उक्त स्वबियु निर्बाचन कुनै क्याम्पसमा ६ बर्ष पछि हुँदै थियो भने कुनै क्याम्पस मा करिब १२–१४ बर्ष पछि हुँदै थियो। विद्यार्थी राजनीति को गर्बिलो इतिहास बोकेको स्वतन्त्र विद्यार्थी युनियन को निर्बाचनमा सहभागी हुन लगनशील तथा मेहनेती विद्यार्थी कार्यकर्ताहरु खुसिले उत्साहित थिए भने केहि व्यक्ति हरुको अनुहारमा निराशाको कालो बादल मदारी रहेको थियो। त्यिनै अराजक जत्थाहरू निर्वाचन भाड्नलाई विभिन्न बाहानाबाजिमा तालाबन्दी गर्दै भाग्न खोज्दै थिए।
अखिल नेपाल राष्ट्रीय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) देशै भरी आफ्नो संगठन र बिद्यार्थी माझ काम गरिरहेका कार्यकर्ताको सकारात्मक शक्तिलाई अनुशरण गर्दै एकल बलमा स्वबियु निर्वाचनमा भाग लिएको थियो। तर रास्ट्रीय राजनितिमा गठबन्धन को कारण देखाई अनेरास्ववियु सग हार्ने डरले तत्कालीन समयका सत्ता साझेदारी पार्टीका भातृ सङ्गठन काग्रेस निकट ने.बि सघ, माओबादी निकट अखिल (क्रान्तिकारी ), समाजबादी निकट अनेरास्ववियू , राप्रपा निकट रा.प्र.बि.सघ, बिप्लप निकट अखिल क्रान्तिकारी र अन्य सङ्गठनहरुले देशै भर सयुक्त गठबन्धन कायम गरि साझा उम्मेदवार खडा गरि चुनाब लड्न निर्देशन जारी गरे।
सबै सङ्गठनहरु बिच आपसी सहमति र सम्झादारी भएता पनि अनेरास्ववियु सग हार्ने डरभएपछी अनेक बाहानाबाजिमा देशका विभिन्न क्याम्पसहरुमा उनिहरुले तालाबन्दी गर्ने, क्याम्पस प्रशासन र क्याम्पस प्रमुख लाई धम्काएर क्याम्पस छिर्न नदिने सत्ता र सरकारलाई देखाउदै आफ्नो पहुँच का आधारमा शक्तिको दुरुपयोग गरे। तर यतापट्टी अनेरास्ववियु को मुख्य लक्ष्य भनेकै लोकतान्त्रिक अभ्यास मा जानू पर्छ भन्ने मुल धय्येका साथ देशै भरिका कुनैपनी क्याम्पसमा अनेरास्ववियु ले तालाबन्दी नगर्ने र मातहत का कमितिहरुलाई पनि नगर्न केन्द्रिय सर्कुलर जारी गर्यो। जिते पनि हारे पनि सहर्ष स्वीकार गर्ने ठूलो हिम्मतका साथ चौडा छाती बनाएर अनेरास्ववियु चुनाबी मैदानमा होमियो।
गठबन्धन गरेरपनी आफू जित्ने आकलन भएका क्याम्पसहरुमा मात्र स्वबियु चुनाब हुन दिने खालको उनिहरुको मनोभावना देखिदै थियो। निच सोच र घटिया बिचार को उन्मात लागेका गठबन्धन धारी हरु मनमुटु र मस्तिस्क बाट कापिरहेका थिए। उपत्यका भित्र रहेका अनेरास्ववियुले जित्ने ठुला र एकदमै महत्त्वपूर्ण बिरासत बोकेका आर आर क्याम्पस, नेपाल कमर्स क्याम्पस, अमृत साईन्स क्याम्पस र पाटन क्याम्पसमा उनिहरुले तालाबन्दी गरिरहेका थिए । उपत्यका भन्दा बाहिर पनि अन्य ठुला ठुला अनेरास्ववियुले जित्ने सम्भावना रहेका हरेक क्याम्पसमा उनिहरुले तालाबन्दी गर्ने क्रन जारी नै राखे। क्याम्पस प्रशासनलाई सत्ताको आडमा धम्की दिएर कुनै पनि काम गर्न नदिने बाताबरण सिर्जना गरे।
त्यही शृङ्खला लैनचौर स्थित देशकै पुरानो बिज्ञान क्याम्पस अमृत साईन्स क्याम्पसमा तत्कालीन सत्ता साझेदारी पार्टीका भातृ सङ्गठन तर्फका गठबन्धन बाट साझा उम्मेदवार बनेका ब्यक्तिहरुबाट चलिरहेको थियो। २०७९÷११÷ २६ गते मनोनयनपत्र दर्ता गर्ने दिन थियो। उम्मेदवारी दर्ता भए पश्चात् हार्ने डरले गठबन्धनका अराजक झुंडहरुले फाल्गुन बाटै तालाबन्दी गर्न शुरु गरे। तालाबन्धि गर्नुको मुख्य कारण नै हार्ने डर थियो। क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुख हरु र निर्वाचन अधिकृत पनि उनिहरुकै पार्टी निकट माओवादी र काङ्ग्रेस निकट भएकाले उनिहरुले जे जस्तो हर्कत गर्दा पनि उन्मुक्ति दिदै आईरहेका थिए। तर अनेरास्ववियु असकल क्याम्पस कमिटीले भने करिब १४ बर्ष पछि हुन लागेको स्वतन्त्र विभिन्न युनियन को चुनाब गराउन दबाब सिर्जना गरिरहेको थियो। सम्पूर्ण विद्यार्थीहरुको साझा सस्था स्वबियु लाई जसरी पनि ब्युत्याउनु पर्छ भन्ने अनेरास्ववियु को पहिलो माग थियो। माओवादी निकट क्याम्पस प्रमुख लोक बहादुर बराल र निर्बाचन अधिकृत उमाकान्त लाल कर्ण ले विभिन्न बाहानाबाजिमा अनेरास्ववियु को दबाब लाई टार्दै आईरहेका थिए। स्वतन्त्र विद्यार्थी युनियन को निर्वाचन चैत्र–५ गते देशै भरीका अधिकान्स क्याम्पसहरुमा शान्तमय बाताबरणमा सम्पन्न भयो तर अमृत साईन्स क्याम्पस अस्कलमा भने गठबन्धनधारी हरुले गरेको तालाबन्दीको कारण चुनब हुन सकेन। गठबन्धनधारी हरु क्याम्पस प्रमुख र निर्वाचन अधिकृत तालाबन्दी गरेर क्याम्पस नआउने कहिले तत्कालिन गृह मन्त्रि नारायण काजि श्रेष्ठ लाइ भेट्न गृहमंन्त्रालयतिर धाउने, कहिले प्रधानमन्त्री पुस्पकलामल दाहाल प्रचण्ड लाइ भेट्न बालुवाटार तिर पुगेको त कहिले बाहिर ठमेल तिरै बैठक बस्नेर योजना गराइ रहेका कुराहरु सुन्नमा आईरहेको थियो।
त्यस पश्चात अनेरास्ववियु अमृत क्याम्पस कमिटिले उच्च अदालत पाटन मा स्ववियु चुनाब गरि पाउ भनेर् मुद्दा दाएर गर्यो। उच्च अदालत पाटनले पनि लोकतन्त्रमा विद्यार्थी सङ्गठन बिच लोकतान्त्रिक अभ्यास यथासिघ्र गराउनु पर्ने भन्दै क्याम्पस प्रमुख लाई सक्दो चाडो चुनाब गराउन आदेश गर्यो। अनेरास्ववियु अमृत क्याम्पस कमिटीले चरणबद्ध ढंगले रचनात्मक बिरोधका कार्यक्रमहरु निर्वाचन मन्डल र क्याम्पस प्रमुख विरुद्ध चुनाब गराउन लाइ दबाब सिर्जना गरिरहेकै थियो। त्यस पश्चात् गठबन्धन धारीहरु, क्याम्पस प्रशासन र अनेरास्ववियु ३ पक्षिय बैठक बसि चैत्र १८ गते निर्वाचन गर्ने आपसी समझदारी भयो। फेरि निर्वाचन मन्डल प्रक्रियामा अगाडी बढ्यो तर गठबन्धन धारीले पुनः हार्ने डरले तालाबन्दी गरे। १८ गते हुने निर्वाचन पनि हुन सकेन। भोलिपल्ट १९ गते फेरि क्याम्पस प्रमुख र निर्वाचन अधिकृतले गठबन्धन धारिहरु लाई बार्ताका लागि अनुरोध गरे। र फेरि चुनाब २४ गते गर्ने निश्चित माहोल बन्यो। सबै सङ्गठन निर्वाचनको माहोलमा होमिए। निर्बाचन मण्डल ले आफ्नो गर्नु पर्ने तयारि सकी सके पश्चात निर्वाचन मण्डलले चुनाबको अघिल्लो दिन चैत्र २३ गते मतदान प्रतिनिधि पठाउन पत्राचार गर्यो। अनेरास्ववियु अस्कलले आफ्ना प्रतिनिधिको नाम लिस्ट उद्दब भण्डारी, कौशल प्याकुरेल, पंकज पाण्डे र दिपक सिटौला लाई पठायो तर गठबन्धनधारी हरुले फेरि पनि विभिन्न बाहानाबाजिमा हार्ने डरले प्रतिनिधि पठाउन आठ गरेनन ।
२४ गते चुनाब हुने लगभग ९० प्रतिसत सम्भावना थियो चुनाबी माहोल ताती रहेको थियो। त्यो चुनाब रोक्न माओबादी निकट क्याम्पास प्रमुख लोक बहादुर बराल आफैले माओबादि निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारी का महासचिब हाल सुन तस्करी र सहकारी ठगि प्रकरण मा गिरफ्तार परेका दिपेश पुन र अधक्ष्य हाल नक्कली सर्तिफिकेता प्रकरण तथा हत्या अभियोग मा पक्राउ पुर्जी जारि भएर फरार भनिएकी पंचा सिंह र कांग्रेश निकट बिद्यार्थी संगठन नेबि संघ का अध्यक्ष्य दुजान्ग्ग शेर्पा लाइ बोलाएर ठमेलमा बैठक बसेछन धेरै पछी हामिले सुचना पायौ। प्रमुख ले जसरि पनि रोक्न लगाउन मा २४ गते हुने निर्वाचन रोक्न क्याम्पस प्रमुख र निर्वाचन अधिकृतको पनि ठुली चलखेल र मिलेमतो देखिन्थ्यो। २३ गते साझ गठबन्धनधारी हरुले प्रतिनिधि नपठाए पछि अनेरास्ववियु अस्कलले चुनाब जसरी पनि गराउनु पर्ने माग गर्यो। तर विद्यार्थीका आवाज लाई कुन्ठित पार्दै भ्याली भरिबाट ५ जना प्रहरी डिएस पि को सहयोग लिएर क्याम्पस प्रमुख भागेर प्रधानमन्त्री प्रचण्ड निवास बालुवाटार गएछन।
यो कुरा संघिय संसद देखि रास्ट्रिय संचार सम्म को बिषय बन्यो। तरपनी एउटा क्याम्पसमा अनेरास्ववियु का बिरुद्धमा यतिसम्म को चलखेल र मिलेमतो भैइरहेको देख्न सकिन्थ्यो।
त्यस पश्चात् पुनः बैठक बसेर २८ गते गर्ने निर्णय गरे तर त्यो पनि पहिला कै जस्तो लागू हुन सकेन। एकातर्फ चैत्र पनि सकिदै थियो भने अर्कोतर्फ विद्यार्थीहरु माझ निराशाका किरणहरु उदाउदै गरेका हामिले देखिरहेका थियौ। स्वभाबिक हिसाबले हप्तै पिछे भोट गर्न बोलाउने र भोलि पल्ट फेरि नआउनु होला भन्नू पर्दा आफैलाई अप्ठ्यारो थियो नै तर विद्यार्थीहरुले पनि बिस्तारै यसलाई वास्ता गर्न छोडिसकेको बिषय थियो।अन्त्यमा हामी सबैको आशाको पात्र एकमात्रै अनेरास्ववियु स्थाई कमिटी सदस्य कमलराज जोशी हुनुहुन्थ्यो। “उहाले जसरी पनि चुनाब गराउने हो। उनिहरुलाई जसरी पनि मान्ने ठाउमा पुर्याउनु परछा। हामिले जिते अझै सशक्त ढङ्गले काम गर्ने हो। हाम्रो पक्षमा परिणाम आउन सकेन भने पनि हामिले नीति बसाल्ने हो। हामी विधि र नीति निर्माता हौ। अरुले भंगेरा जत्रो छाती बनाए भन्दै मा हामीले त्यस्तो गर्नु हुन्न हामीले ठुलो एकदमै चौडा हाती को जत्रो छाती बनाउनु पर्छ।“ भन्नू भएको कुरा अहिले पनि झलझली याद आउँछ। उहा आफै अनेरास्ववियु को तर्फबाट स्ववियु अधक्स्य पदको उम्मेदवार हुनुहुन्थ्यो।
उहाले प्रस्ट सग ले भन्ने गर्नु हुन्थ्यो ’मलाई थाहा छ प्रधानमन्त्री गृहमन्त्री देखि उपकुलपति,क्यायाम्पस प्रमुख र निर्बाचन अधिकृत सबै मिलेर हामीलाई हराउन खोज्दैछन। ’ हराउन सकिन्छ कि सकिदैन भन्ने उपाएहरु खोज्दै छन्। हराउन लाई जुक्ति निकाल्दैछन। हराउन नसकिने कुनै पनि उपाए नाभेटेमा चुनाब लाइ सत्ता र शक्ति को भरमा रोक्न खोज्दै छन। चुनाब लाइ जसरि पनि प्रभाब मा पर्न खोद्ज्दै छन्। अहिले को संबेदनसिल समयमा उनिहरु सबैलाई मिलाएर चुनाब गराउने प्रमुख जिम्मेवारी पनि हाम्रै काधमा छ। मलाइ हार्नु मा र भोलिका दिनमा परिणाम आफ्नो पक्षमा आउन नसक्दा हार स्विकार्नु मा तेती धेरै चिन्ता र डर छैन्न। चुनाब हुनु पर्च एक किसिम को नीति बसाल्नु पार्छ। हार र जित गौण कुरा हो। चुनाब प्रमुख हो। भोलि जसले जितेपनि क्याम्पस को स्तारुन्नती हुन्छ। क्याम्पस प्रशान भित्र बिद्यार्थी ले भोग्नु पर्ने दुख र कस्ट को अन्त्य हुन्छ। क्याम्पस भित्रको बेतिथी र विसंगति को अन्त्य हुन्छ। समग्र मा क्याम्पस को हित हुन्छा। बिकासका काम हरु हुन्छन र बिद्यार्थी का हकाधिकार को सुनिश्चित ता हुन्छ भन्दै आफ्ना थकित र अनुहार मा निराशा को छडीले घोचिरहेका उम्मेदवार र कार्यकर्ता लाई दिनहु जसो सम्झाएको कुरा पनि दिमाग मा ताजै छ।
चैत्र २९ गते सबै पक्ष्य लाइ बोलाइ बैठक बस्यो अझै पनि गठबन्धन धारी हरु आनाकानी गरिरहेका थिए त्यसको मतलब उनीहरु अझै पनि चुनाब मा जान भने खोजिरहेका थिएनन। उनीहरुले एक माग राखे उनीहरुको तर्फबाट स्वतन्त्र उम्मेदवार हरु पनि थिए र उनीहरु को उम्मेदवारी फिर्ता लिन दिनु पर्यो अनि हामि चुनाब मा जान्छु भन्ने बिचार राखे। त्यतिञ्जेल सम्म उम्मेदवारी फिर्ता गर्ने समय सकिसकेको थियो फिर्ता गरेपनि अबैधानिक तरिकाले गर्नु पर्ने थियो। अनेरास्ववियु को प्रमुख कुरा चुनाब नै भएका ले उनीहरुको त्यो माग लाइ अबैधानिक तवर ले फिर्ता गर्न दिने कुरामा सहमति गर्यो र चुनाब बैशाख ३ गते हुने निश्चित सहमति भयो ।
प्रधानमन्त्री,तत्कालिन गृहमन्त्री र तत्कालीन समयका सत्ता साझेदारका पार्टीहरुले गथाबंधारी हरु लाइ आर्थिक लगवाग ३० – ४० लाख चुनाबी खर्च भनेर छुट्टाएको भन्ने सुन्नमा आएको थियो। तर अनेरास्ववियु भने खर्च नगरेरै चुनाब जित्ने योजना मा थियो। देशै भरका सबै क्याम्पसमा चुनाब सकिएको लगभग १ महिना पुगिसकेको थियो। त्यसैले स्वभाबिक ढङ्गले तल देखि माथी सम्म सबै ध्यान भने अस्कल क्याम्पस तिरै थियो। अस्कल क्याम्पस चर्चाको उत्कर्श बिन्दुमा पुगेको थियो। सत्ताका नजिक भएका बसेका मान्छे ले राम लाश्मन भोटिंग मेसिन का मालिक लाइ पनि फोन गरेर धम्क्याउने लोभ प्रलोभन देखाउने गरेका रहेछन। क्याम्पस का बिद्यार्थी लाई नया बसपार्क का होटेल तथा रोधी घर हरु, ठमेल का क्लब हरु बुक गरेर रक्सी र मासु खुवाएर प्रति व्यक्ति १० ,०००। – बाड्दै लोभ प्रलोभन मा पारेर धम्काएर जबर्जस्ति भोट गर्न लगाएर एकदिन कलेज न आउने अस्कल क्यास्मप्सा का समस्या र त्यको बाताबरण सग घुलमिल नभएको व्यक्ति लाइ जबर्जस्ति भोट गरे तर अनेरास्ववियुको प्रमुख चुनाबी अभिवाना मा रक्सि माशु खुवैदैना बरु भोट चैदैना भन्ने मुल नारा थियो। किनकि रिन गरेर खर्ह्च गरेर चुनाब जित्यो भने पनि भोलि क्याम्पस र बिद्यार्थी मझ राम्रो नतिजा दिन सकिदैन त्यसैले चुनाबि खर्ह्च न्युन गर्ने भन्ने थियो।
क्याम्पस प्रमुख,प्रशासन, निर्बाचन अध्क्रिता र गठबन्धन धारी बिरुद्ध अनेरास्ववियु अमृत क्याम्पस कमिटि को एकल पहल र लडाईले बैशाख ३ गते त स्ववियु निर्बाचन भयो। नीति बसाल्न पनि सफल भैयो। पहिलो युद्द पनि जितियो। म्यान अफ द इलेक्सनमा सदस्य रमेश अबस्थि देखि समानुपातिक भोट दुइ तिहाइ बहुमत संगठन लाइ आयो तर अन्तिम मा अध्यक्ष्य पदको नतिजा आफ्नो पक्षमा पार्न सकिएन। अस्कल क्याम्पस मा बिज्ञान बिषय पढ्ने बिद्यार्थी जसले परिक्षेण निरिक्षेण र ब्यबाहरिकता मा बिश्वाश राख्छन उनीहरु नै माशु र रक्सि अनि ५ – १० हज्जार पैसा मा बिक्छन र १६ – ३० वर्ष उमेर समूह का सचेत युबा पंक्ति ले पनि त्यो किस्मको व्यहोरा देखाउछन भने कसरि हामीले समाज र देश परिबर्तन को कल्पना गर्न सक्छौ। कसैरी सभ्य सम्माज निर्माण को परिकल्पना गर्न सक्छौ। उनिहरुले त बिगतका दिनमा काम गरेर प्रमाणित गरेको र भबिस्यका दिनमा काम गर्न सक्ने हुटहुटी भएको ब्यक्ती लाई जिताउनु पर्ने तर मासु र रक्सिमा बिकेर क्याम्पस लाई अझै २ बर्ष पछाडि धकेल्न आफै उद्दत रहे । चुनाब भएकै ७÷८ दिनमा उनिहरुकै मुख बाट गलत मानिस लाई भोट गरियछ भन्ने ठुली आवाज रन्किरहेको थियो।
त्यसको असर चुनाब सकिएको ४ दिनामै देखिन सुरु भैसकेको थियो। सोझा साझा कर्म गरेर खाने होटेल ब्यब्साही लाइ सत्ता र पावर को डर देखाउदै बैङ्क को खालि ५ लाख को चेक बुझाएको र साहु पैसा साट्न जादा खालि देखेपछि बैंकिंग कसुर मा मुद्दा चलाएर काठमान्दु जिल्ला अदालत ले पक्राउ पुर्जी जारि गर्यो। र चुनाबी माहोल नसेलाउदै अध्यक्ष य २ महिना फरार भएर लुकेर बसे।
२०८० चैत्र ५ गते स्वतन्त्र विद्यार्थी युनियन (स्वबियु) निर्वाचन भएको ठ्याक्कै १ बर्ष पुगेछ अस्कल क्याम्पसमा निर्वाचन भएको मिति बैशाख–०३ पनि नजिकिदै छ। त्री बि केन्द्रिय क्याम्पस, तथा देशै भरका अन्य विभिन्न क्याम्पस हरुले यो १ बर्ष पूरा हुँदै गर्दा गरेका कामहरु तथा भाबी योजना हरुको बारेमा क्याम्पसमा कार्यक्रम गरेर पत्रकार सम्मेलन मार्फत सुचित गराए। तर स्वतन्त्र बिद्यार्थी युनियन अमृत क्याम्पस अस्कलले भने पत्रकार सम्मेलन त के एउटा आफ्नो माग पत्र सम्म क्याम्पस प्रशासन लाई नबुझाएको भन्नेमा सुन्न आयो। अहिले स्वबियु सभापति नै यो सम्पुर्ण कुराको जिम्मेवार नभएका कारण र विद्यार्थीका जायज मुद्दाहरु सहि ढङ्गले प्रस्तुत गर्न नसकेका कारण आज अस्कल क्याम्पसका विद्यार्थीहरुले दिनहु जस्तो दुःख भोगिरहनु परेको छ र क्याम्पस को अबस्था धरासयी अबस्था पुगिसकेको छ।
क्याम्पस लाइ बिकास को गति मा अगाडी बढाउनु पर्छ भन्ने मुल ध्याये का साथ निर्बाचन को परिणाम लाइ सहजै स्वीकार गरेर कमल राज जोशीले मास्टर आइटी मा भर्ना भै यहि अध्ययन गरि राख्नु भएको छ र क्याम्पस मा निरन्तर आई बिध्यर्थिका समस्या समधान गर्न आफुले सक्ने किसिमको हरेक सहयोग क्याम्पपस लाइ दिदै आउनु भएको छ। अनेरास्ववियु बाट निर्बाचित उपाद्क्स्य कौशल प्याकुरेल, सचिब रुद्रहरी पोखरेल ,सह सचिब रमेश फुलारा आफुहरुले र आफ्नो संगठन ले चुनाब ना गरेका हरेक प्रतिबद्दता पुरा गर्न हर समय मैदान मा खति रहेका हुन्छन। र आफ्नो तह बाट हुने आफ्नो अधिकार को प्रयोग गर्दै बिद्यार्थी का समस्या सम्बोधन गरिरहेका छन। स्वबियु सस्था को नेतृत्व नै नभैसके पछि स्ववियु भएको र नभएको मा खासै कुनै भिन्नता भने देखिएको छैन। क्याम्पस मा कुनै एउटा नया काम भएको छैन। बरु क्याम्पस को माहोल एकदमै अशान्त मया बन्दै गैरहेअको र यहाको शैक्षिक स्तर खस्किरहेको छ। बिगत ३ महिना देखि स्ववियु अध्यक्ष गथाबंधना का साझा उम्मेदवार अखिल क्रान्तिकारी बाट प्रतिनिधित्व गरेका प्रेम जैशी (मामा प्रेम) भने क्याम्पस नै छिरेका छैनन्।
अध्यक्ष प्रेम जैसी लाई आफ्नो जिम्मेवारी के हो? भन्ने कुराको ज्ञान् नभए पछि र आफ्नो भुमिका कस्तो किसिमको रहनुपर्छ भन्ने कुरामा जानकार नभए पछिको अबस्था सिर्जना भएको हो। दुःख, आफ्नो मिहिनेतले आर्जन गरेको भए सायदै यो पदको गरिमा र सस्थाको साख बचाउन सक्थे होला। अरुको लै लै मा उम्मेदवार बनेर पैसा र पावरले किनेको पद सित्तैमा पाए पछि उनि त्यो पदमा बसेर जिम्मेवार बनेको खासै दएख्न ससकिदै। राजनैतिक, प्रशासनिक र ब्यबहारिक कुराको पहिलो अक्षर सम्म ज्ञान् नभएका प्रेम जैसी ले अस्कल क्याम्पस को स्तिथी अझै नाजुक बनाउन गैरजिम्मेवार ढङ्गले लागिरहेका छ्न। उनी निर्बाचित भए पश्चात् कहिले ऋकष्त का सरहरु ले एभ्ल् म्इध्ल् गरेर आन्दोलन गर्ने त कहिले विद्यार्थीहरु आन्दोलित हुने माहोल सिर्जना गर्दै आईरहेका छन।
अखिल क्रान्तिकारी बाट अध्यक्ष बनेका प्रेम जैशी ले क्याम्पस र बिद्यार्थी को हकहित र पक्ष्यमा कुनै पनि किसिम को कम नगरे पनि क्याम्पस र बिध्यर्ती का अहित मा धेरै काम गरेका छन जसले बिद्यार्थि लाई प्रत्यक्ष असर पारि रहेकाछ्न।
१) स्ववियु निर्बाचन सकिएको महिना दिन न पुग्दै स्ववियु सह सचिब रमेश फुलारा एक्लै कार्यकक्षा मा बसिरहेको बेलामा गैर बिद्यार्थी लै लिएर ज्यान मार्ने गरि आक्रमण गर्नु भयो। क्याम्पस पय प्रागिक बाताबरण लाइ गुन्डागर्दी मा परिनत गर्नु भयो। सोझासाझा बिध्यर्थिभारुलाई धन्क्याउने र एकान्तमा लिएर कुट्ने गर्नु भयो । क्याम्पस वारिपोरी आतंक मचाउने काम गर्नुभयो।
२) २०८०÷०२÷१६ –०३÷०५ गते सम्म गर्मी बिदा चलिरहेको बेलामा तविद्यार्थी हरु घर गएको समयमा लुकिलुकी लाइब्रेरी लाई अस्तब्यस्त पारेर विद्यार्थी लाई पढ्ने ठाउँ बन्द गरेको।
२) निर्बाचित भएको ४ महिना पछि प्रथम बर्षका विद्यार्थी को परिक्षा फारम खुलिरहेका बेलामा क्याम्पस प्रशान सग पैसाको बार्गेनिग र अबैध बाटो बाट भर्ना गरन पाउनु पर्ने बारेनिग नमिले उबअजजष् लेखा साखामा तालाबन्दी गरेको। बिधय्र्थिलाई दुख र पिडा दिएको।
३) स्वबियु कपको नाम मा भलिबल नामक प्रतियोगिता आयोजना गरि ७ लाख रुपैया झिकेको र आर्थिक हिनामिना गरेको।।
४) २०८० ब्याजका विद्यार्थी लाई भर्ना गर्न क्रममा ाष्चकत अयmभ ाष्चकत बमmष्ककष्यल उबततभचल मा विद्यार्थी बाट छण् हजार र १ लाख रुपैया असुलेको
५) ख्ऋ कप आयोजना हुदा खेलाडी लाई ड्रेस ल्याउने नाम मा १५०००० झिकेर २०० को जुट्टा र ८० रुपौया को टिसर्ट ल्याएर अन्य आर्थिक हिनामिना गरेको।
६) निर्बाचित भएको १ बर्ष बित्दापनी चुनाबी प्रतिबद्धता अनुसार १ काम पनि नगरेको।
७) २०८०÷१०÷१९ गतेका दिन भ्याली भरिका ट्यापे मुन्द्रे जम्मा पारेर विद्यार्थी बस्ने क्याम्पस होस्टेल होस्टेल तोडफोड गरेको।
८) लाईब्रेरी मा पुस्तक ल्याउनुलर्छ भनेर पहल गर्दा त्यो काम रोक्न लागिपरेको।
९) क्यान्टिन मा खाएको पैसा अझै सम्म नतिरेको।
अहिले पनि क्याम्पस प्रमुख लोक बहादुर बराल नै हुनुहुन्छ । उहाको कार्यकाल सकिन अझै १ वर्ष वाँकी छ । विद्यार्थी ले पाउनु पर्ने छात्रवृति रकम सम्म नदिनी क्याम्पस प्रमूख ले अध्यक्ष प्रेम जैशी ( मामा प्रेम) लाइ भने मुखले मागे अनुसार को रकम दी रहेका छन्। क्याम्पस प्रमुख लोकबहादुर बराल ले क्याम्पस चलाउन नसकेपनी क्याम्पस लाई बताभुङ्गपारे पनि स्वबियु अध्यक्ष प्रेम जैशी को घर भने मज्जाले चलाई दिएका छ्न। प्रेम जैशी को पालनपोषण राम्रै किसिमको गरेको देखिन्छ। सोझा साझा अध्ययन गर्ने बिद्यार्थी ले आबश्यक कुरा गर्दा मुद्दा हाल्ने क्याम्पस प्रमुख भने मामा प्रेम ले मुख छाडेर हात छोड्दा सम्ममा कुनै प्रतिक्रिया दिदैनन्।
क्याम्पस मा भौतिअक पूर्वाधार बन्न सकिरहेका छैन। ७०–७२ बर्ष पुरानो भवनमा बसेर विद्यार्थीले पढ्नुपर्ने बाध्यता छ तर पुर्बधार निर्माणका लागि आएको रकम १ वर्ष सम्म ब्याज खाने र फिर्ता पठाउने काम लोकबहादुर बराल ले गरिरहेका थिए र अहिले त्यसमै प्रेम जैशिको पनि मिलेमतो देखिन्छ । क्याम्पस प्रमुख र स्वतन्त्र बिद्यार्थी युनियन का अध्यक्ष्य प्रेम जैशी को मिलेमत्तो मा अमृता क्याम्पस लाइ अझैँ अस्तव्यस्त बनाउने काम गरिरहेका छन्।
तर उनीहरुका यस्ता हर्कत बिरुद्द कुनै पनि विद्यार्थी सङ्गठन चुइक्क सम्म बोल्न सक्दैनन। सायद अन्य सङ्गठनलाई पनि प्रेम जैसिले राम्रै पालनपोषण र मलजल गरिरहेका छन।
तर अनेरास्ववियु ले भने हरेक गलत काम को बिरोध गर्दै आईरहेको छ। बिद्यार्थी र क्यामॉस का पक्षमा अनेरास्ववियु ले सधै आफ्नो आवाज बुलन्द पार्दै आईरहेको छ। बिधार्थी माझ उनीहरुले कुनै पनि किसिमा का रचान्न्तामक कार्यक्रम हरु गर्न नसके पनि अनेरास्ववियु ले हरेक समय मा बिद्यार्थी का मर्म बुझेर आबश्यक रचनात्मक कार्यक्रम हरु गर्दै आइरहेको छ। यस्तो कठिन अबस्थामा आफ्नो काम ले अनेरास्ववियु नै क्याम्पसको स्वबियु हो भन्ने किसिम को विद्यार्थी माझ नजिर स्थापित गरेको छ।
अनेरास्ववियु अस्कल क्याम्पस कमिटीले स्वबियु निर्वाचन सम्पन्न भए पश्चात् गरेका काम कार्यक्रमहरु!
१) तिज बिशेष कार्यक्रम
२) नवीन–समीर फुटसल कप
३) २०८० ब्याजलाइ स्वागत कार्यक्रम
४) होस्टेल मा नया होडिङ्ग बोर्ड
५) द्यक्ऋ प्रथम बर्षमा अपुग भएका पुस्तक लयाउने पहल
६) होस्टेल लिगलाइजेशन
७) ऋक्क्ष्त् अध्ययन कक्षा कोठामा आबश्यक कुराहरुको मर्मत
८) विद्यार्थी जागरुक कार्यक्रम
९) होलि बिशेष कार्यक्रम
१०) होस्टेल क्याम्पस सरसफाई १ हप्ते अभियान
११) होस्टेल ग्राउन्डमा प्रत्येक शनिबार योगा कक्षा संचालन
१३) कराते र बोक्सिङ्ग ब्यायाम को लआगि सुचारु
अन्य थुप्रै कार्यक्रम हरु सम्पन्न गरेका छौ।
अनेरास्ववियु नै स्ववियु हो भन्ने किसिन्म को भान अनेरास्ववियु अस्कक्ल काम कमिटीले बिद्यार्थी लाइ दिलाउदै आएको छ। अझै भोलिका दिनहरुमा अनेरास्ववियु अझै कृयाशिल ढ्नगले विद्यार्थी माझ आउने कुराको प्रतिबद्धता पनि गर्दछु।
लेखकः गोपाल जङ्ग शाही
सचिब
अनेरास्ववियु अमृत क्याम्पस कमिटी
Discussion about this post