अव्यवस्थित भन्दै कालिकोटमा सात सय १४ निवेदन भुमि आयाेगमा

अव्यवस्थित भन्दै कालिकोटमा सात सय १४ निवेदन भुमि आयाेगमा

हिक्मत सिम्खाडा कालिकोट- अव्यवस्थित भन्दै कालिकोटमा सात सय १४ वटा घरपरिवारका निवेदनहरु राष्ट्रिय भुमी आयोगमा दर्ता भएका छन् ।
मंगलवार सदरमुकाम मान्ममा आयोगले आफ्नो कार्यकालको अवधीमा गरेका उपलव्धीहरु सार्वजनिक गर्दै आयोगका अध्यक्ष चित्रबहादुर सिंहले यस्तो बताएका हुन ।
अहिले सम्म कालिकोटमा भुमिहिन दलित १७ घरपरिवार, भुमिहिन सुकम्बासी ५ घर गरेर जम्मा २२ वटा घरपरिवार सुकम्बासी रहेको अध्यक्ष सिंहले बताए ।
खाँडाचक्र नगरपालिका ११ मा ४३ घरपरिवारलाई निस्सा वितरण गरिएको छ । साथै वडा कार्यालय देखी नगरपालिका हुदै आयोगको जिल्ला कार्यालयसम्म पुगेका सात सय १४ अव्यवस्थित घरपरिवारको निबेदन सुचना प्रणलीमा प्रविष्टी भइ निस्सा वितरण कार्यको थालनी समेत भइरहेको जानकारी दिए ।
२०५४ साल देखी नै कालिकोटमा दर्ता भए र नभएका गरी अनुमानमा चार हजार बढी रहेको छन उनले भने,‘ गितदेखी अधुरा कार्यहरुको पनी पुर्णता दिलाउन लागि परेका छौँ । नरहरीनाथ गाउँपालिकामा एक सय ६५ वटा पुर्जा तयारी भएपनी वन समितिले मुद्धा गरेपछी रोकिएको छ सिंहले भने । ’
आयोगका जिल्ला अध्यक्ष चित्रबहादुर सिंहको अध्यक्षतामा भएको पत्रकार भेटघाटमा सदस्य टेकराज शाही,भनादेवि शाह , समितिका विज्ञ मिमबहादुर कार्की,पत्रकारको सहभागिता रहेको थियो ।
बिगतमा सुकम्वासी भन्दै पावर र पहुँचको आधारमा हुकम्वासीलाई पुर्जा वितरण गरिदै आएको थियो । पुर्जा पाएपनी अहिलेसम्म मुद्धा फैसला हुन सकेको छैन । अहिले पनी पावर र पहुँचमा नभएर वास्तविक सुकम्वासीलाई रातो पुर्जा दिन सुझाव दिइएको थियो ।
सरकार परिर्वतन संगै आयोग पनी विगटन हुनुले एक समितिले गरेका कामहरु पुर्णता दिन नपाउदै अर्को समिति नियुक्तीले अहिलेसम्म सुकम्वासीहरुको समस्या सावधान हुन सकेको छैन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित