कालिकोट – रास्कोट नगरपालिकाका दुई वटा वडाहरु बालबिवाह मुक्त वडा घोषणा हुने तायरी मा रहेका छन् ।
नगरपालिकाका वडा नं ४ र ९ नम्बर वडामा बालबिवाह दर घट्दै गएपछी वडालाई बैशाख मसान्तसम्म बालबिवाह निशेधित वडा घोषणको गर्ने रास्कोट नगरपालिका उपप्रमुख मनिराज वरालले बताएका छन ।
हुरेन्डेक नेपालको सहजिकरण, पलान नेपालको सहयोगमा र शसक्त बालिका परियोजनाको अन्तगत सदरमुकामा मान्ममा बाल संरक्षण सेवा प्रदायक तथा सरोकारवाला बिच भएको अन्तरक्रिया कार्यक्रममा उपस्थित उपप्रमुख वरालले यस्तो बताएका हुन ।
मेयर वरालले ७६ प्रतिशत रहेको बालबिवाह घटेर पछिल्लो समय रास्कोट नगरपालिकामा ३२ प्रतिशतमा झरेको भन्दै ४ नम्बर वडा र ९ नम्बर वडा वैशाख मसान्तसम्म बालविवाह मुक्त वडा घोषणाको तयारीमा रहेको छ ।
हामिले नगरपालिकाका ६ वटा वडा बालश्रम मुक्त वडा घोषणा गरिसकेका छौँ । अव बालविवाह मुक्त नगरपालिका बनाउन संघ संस्था र नगरपालिकाले लागी रहेको बताए ।
हुरेन्डेक नेपालका महासचिव दानबहादुर विकको सभा अध्यक्षता, जिल्ला समन्वय समितिका प्रमुख धनजितबहादुर शाहकिो प्रमुख आतिथ्यता, रास्कोट नगरपालिका प्रमुख धर्मराज शाहीको विषेश आतिथ्यतामा संचालन भएको कार्यक्रममा शान्नि त्रिवेणी गाउँपालिका जनप्रतिनिधि र नरहरीनाथका जनप्रतिनीधीको उपस्थीती रहेको थियो ।
Discussion about this post