Online News Khabar

अनुमती बिनै बिद्युतको पोल निकाल्दा करेन्ट लागेर २ जनाको मृत्यु

859
SHARES
1k
VIEWS

कालिकोट – अनुमती बिनै आफ्नो टोलमा बिद्युतको लाइन बिस्तार गर्न खोज्दा कालिकोटको नरहरीनाथ गाउँपालिका–८ लालु ठाडाबाटोमा बिजुलीको पोल ढल्दा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।
पुराना साहायक रातो पोल निकाल्दै गर्दा गाउँपालिकाको मुख्य लाइनको तारमा पोल छुदा ४३ वर्षीय केशव थापा र २५ वर्षीय गंग थापाको घटनास्थलमै मृत्यु भएको खुलेको छ ।
हामि संगै कुनै अनुमती नलिएर आफ्नो घरमा बिद्युत लिनका लागी पोल निकाल्ने क्र्ममा करेन्ट लागेर मृत्यु भएको बिद्युत वितरण केन्द्र कालिकोटले बताए छ ।
पुराना सहायक लाइनका पोल हरु निकाल्दै गर्दा मुख्य लाइनको तारमा छुदा करेन्ट लागेको रैछ विद्युत वितरण केन्द्र कालिकोटका कर्मचारी जयप्रसाद पाण्डेले बताए ।
यही महिनामा बिद्युत लाइनको बिस्तार भएको हो । सवै टोल टोलमा लाइन विस्ता र हुन्छ । तर, हतारमा स्थानियले घरमा पोल गाड्ने योजनाले आज दुई जनाको करेन्ट लागे मृत्यु भयो यो दुखत हो । पोल निकाल्ने र अर्को ठाउँमा गाड्ने बिषयमा हामिसंग जानकारी छैन । अनुमती बिनै पोल निकाल्न खोज्दा यो घटना घटेको हो । मृत्यु हुनेमा केशव स्थानीय मंगलासैनी माविका शिक्षक हुन् भने गंग कृषक हुन् ।

पछिल्लो समय विद्युतको पुहँचमा राख्न गाउँ गाउँमा बिद्युतलाइनको बिस्तार भइरहेको छ । यो राम्रो काम हो तर, कतैपनी राम्रो संग पोल गाडि एको देखिदैन । बाटैभरी लहर जहर रुपमा छरपस्ट रुपमा बिद्युतका तारा फिजिएका हुन्छन। नागरिकलाई कुन तारमा करेन्ट छ थाहा पनी हुदैन । धेरैजसो पोलहरु बाटोमै हुन्छन स्थानिय रोहन विष्टले भने । लालुको तुलनामा भने यता पोलहरु राम्रो संग गाडिएका देखिन्छन । अन्य क्षेत्रमा पोलहरु पनी ढलेका हुन्छन तारा झुला हुन्छन। बिद्युत कार्यालयले के हेरेर ठेकेदारलाई भुक्तानी दिन्छ होला थाहा छैन ।
बिद्युतका पोलहरु कती सेन्टिमिटर सम्म जमिनमुनी गाड्ने मापदण्ड पनी हुन्छ होला ? ठेकेदारको लाप्रवाहीले करेन्ट लागेर नागरिकले अकालमै ज्याज गुमाउनु परेको छ । यसको निगरानीका लागी सम्बन्धित निकायले ध्यान दिनु पर्ने विष्टको सुझाव छ ।
६ फिटदेखी बढीमा २ मिटरसम्म पोलहरु जमिनमुनी गाड्नु पर्ने मापदण्ड भएता पनी कालिकोटमा अधिकांस ठाउँमा पोलहरु ४ फिटसम्म पनी गाडिएका छैनन नेपाल बार एशोयिसनका जिल्ला अध्यक्ष अमलराज शाहीले बताए । निगरानी गर्ने कार्यालय र ठेकेदारको लाप्रवाहीका कारण बिद्युतलाइन जोखिमपुर्ण बन्दै गइरहेका छन । नागरिकले ज्यान गुमाउनु परेको छ ।
मापदण्ड अनुसार कामै नगरी रकम भुक्तानी दिने कार्यालय र ठेकेदारको मिलो मोतोमा रकम अजियमिता हुने गरेको समेत आरोप लगाए । कर्णाली राजमार्गमा मापदण्ड बिपरित बिद्युत लाइन बिस्तार भएको शाहीले आरोप समेत लगाए ।
विद्युत प्राधिकरणले लापरवाहीपूर्वक तार छोडेका कारण पटकपटक दुर्घटना भइरहेको भएपनि सुरक्षाका उपाय अबलम्बन नगरेको स्थानीयले आरोप लगाएका छन् ।
सम्बन्धित फोटो ः
१) बिद्युत लाइन घरमा लिन पोल निकाल्दा करेन्ट लागेर मृत्यु भएका शिक्षक सहित एक स्थानिय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित