कालिकोट – लाखाै खर्च हुदापनि मान्म – काेटबाडा केबुलकारकाे डिपिआर अझै सम्पन्न हुन सकेकाे छैन ।
डिपिआर फाईनल नहुदै प्रदेश सरकारले आर्थिक वर्षकाे लागी ४ कराेड वजेट बिनियाेजन गरिसकेकाे छ । तर, डिपिआर सम्पन्न नहुदा कसरि काम गर्ने समस्या भएकाे पुर्वाधार विकास कार्यालय कालिकोटले जनाएकाे छ ।
डिपिआरकाे जिम्मा पाएकाे रूपबे नेपालले फाईनल रिपोर्ट दिएकाे छैन । अहिलेसम्म ७ लाख बजेट खर्च भएकाे छ ।
फाईनल डिपिआर बनिसकेकाे छैन ।
यसै वर्ष ४ कराेड बजेट प्रदेश सरकारबाट आएकाे छ कार्यालय प्रमुख रामचन्द बिसिले बताए । बजेट त आयाे के कसरि कामकाे सुरूवात गर्ने अन्याैलमा छाै ।
केबुलकार निर्माणकाे लागी यहि बजेटले पुग्दैन । यसका लागी संघिय सरकारले बिशेष प्रथामिकता राखेर बजेट बिनियाेजन गरेमात्र सम्भावना देखिन्छ ।नत्र भने यहि बजेट र उपलब्धि हेर्ने हाे भने सरकारले आफै केबुलकार निर्माण गर्न नसक्ने देखिन्छ ।
Discussion about this post