Online News Khabar

कोटवाडा विमानस्थलमा दोस्रो पटक परीक्षण उडान

886
SHARES
1k
VIEWS

कालीकोट — कालीकोटको दोस्रो पटक परीक्षण उडान गरिएको छ । ३८ वर्षदेखि निर्माणाधीन विमानस्थल आइतबार बिहान ९ः४५ बजे तारा एयरको विमान अवतरण गरेर परीक्षण उडान गरिएको हो । यसअछि ०७३ माघमा कच्ची धावनमार्ग हुँदा तारा एयरको विमान अवतरण गरेर परीक्षण गरिएको थियो ।
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा, पूर्वमुख्यमन्त्रीद्वय महेन्द्रबहादुर शाही र जीवनबहादुर शाहीलगायत विमानस्थल उद्घाटनमा आउने नरहरिनाथ गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर विष्टले बताए । उद्घाटनपूर्व आइतबार बिहान तारा एयरको सट्वनअटर विमान नेपालगञ्जबाट आएर फर्किएको छ । विमानस्थल ०७९ माघ ११ गते कालोपत्रे गरेर सकिए पनि जहाज आएको थिएन । सोमबार पुनः तारा एयरकै जहाजले प्रधानमन्त्रीसहितको टोली ल्याएर उद्घाटनको कार्यक्रम रहेको कालीकोटका प्रजिअ गणेश नेपालीले जानकारी दिए ।

०४२ सालदेखि निर्माण सुरु भएको विमानस्थल डेढ वर्षअघि कालोपत्रे सकिए पनि उद्घाटन नहुँदा कालीकोटवासीको ‘चिलगाडी’ चढ्ने सपना पूरा हुन सकेको थिएन । ०७३ माघमा तत्कालीन पर्यटन मन्त्री जीवनवहादुर शाहीले कच्ची धावनमार्गमा परीक्षण उडान गराए पनि त्यसपछि जहाज आएको थिएन ।

कहिले स्थान छनोटको विवाद, कहिले बजेट अभाव त कहिले सशस्त्र द्वन्द्वको असरले कामले गति लिन नसकेको कोटवाडा विमानस्थल पछिल्लो समयमा पिच भएर पनि जहाज नआउने विमानस्थलका रूपमा चर्चामा छ । विमानस्थल बने पनि त्यहा पुग्ने पक्की सडक, सदरमुकाम मान्मबाट कोटवाडा जोड्ने केबुलकार निर्माण भएपछि मात्र विमानस्थल पुग्न सहज हुने भएकाले अझै थप प्रयास गर्नुपर्ने कालीकोटका प्रदेश सांसद हिक्मतवहादु विष्टले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित