कालिकोटमा प्रजातन्त्र दिवस ः गाउँदेखी जिल्लासम्म मनाइयो

कालिकोटमा प्रजातन्त्र दिवस ः गाउँदेखी जिल्लासम्म मनाइयो

कालिकोट – देशभर जस्तै कालिकोटमा पनी विभिन्न कार्यक्रम गरी ७४ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइएको छ ।
हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने गरिन्छ । सोही अनुसार कालिकोटका ९ वटै स्थानिय तह र जिल्ला सदरमुकाममा पनी प्रजातन्त्र दिवस मनाइएको हो ।
कतै देउडा खेल लगाएर त कतै विरुवा रोपेर प्रजातन्त्र दिवस मनाइएको हो । आइतवार जिल्ला सदरमुकामा मान्ममा विषेश समारोहका बिच प्रजातन्त्र दिवस मनाइएको हो ।
जिल्ला समन्वय समितिका उपप्रमुख मिना रावतको सभा अध्यक्षता, कर्णाली प्रदेश सरकारका भुमी व्यवस्था तथा कृषि सहकारी मन्त्री तथा नेकपा एमालेका नेता कुर्मराज शाहीको प्रमुख आतिथ्यता, विभिन्न राजनितीक दलका प्रमुख तथा प्रतिनिधि सरोकारवाला विद्यार्थी तथा शिक्षकहरुको उपस्थितिमा कार्यक्रम गरिएको हो ।

मान्मको जिरो प्यान्टदेखी नरहरीनाथ चोक परिक्रमा गरी जिल्ला समन्वय समितिको खुल्ला मञ्चमा सभाको आयोजना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित