कालिकोटका तिलकलाई ‘ग्लोबल स्टुडेन्ट अन्टरप्रिनियर अवार्ड’

कालिकोटका तिलकलाई ‘ग्लोबल स्टुडेन्ट अन्टरप्रिनियर अवार्ड’

कालिकोट – मेरो शिक्षा नामक डिजिटल लर्निङ प्लेटफर्मका प्रमुख वित्तीय अधिकृत तिलकप्रसाद धितालले यस वर्षको ग्लोबल स्टुडेन्ट अन्टरप्रिनियर अवार्ड नेपाल प्राप्त गरेका छन्।
कालिकोटको शुभकालिका गाउँपालिका ३ भर्ता निवासी धितालले राजधानीमा सोमबार आयोजित कार्यक्रममा उनीसहित मास्टर साबका संस्थापक एवं सीईओ नभिन तिमिल्सिना रनर अफ भएका छन् । यस्तै ड्लुपलोडका संस्थापक अर्जुन घिमिरेले फस्ट रनर अपको उपाधि हात पारेका छन । विजेता धितालले दुई लाख, रनर अप तिमिल्सिनाले ५० हजार र फस्ट रनर अप घिमिरेले २५ हजार रुपैयाँँ पुरस्कार प्राप्त गरेका छन ।

फाइनलका लागि निर्णायकको प्यानलमा उद्यमी संगठनका वर्तमान अध्यक्ष आयूष नेपाल, कालाप आर्किटेक्ट्स प्रालिकी प्रिन्सिपल एवम् सीईओ यज्मा राजभण्डारी, नेपालका लागि स्विडेनका मानार्थ महावाणिज्य दूत तथा श्रीनगर एग्रो ग्रुपकी कार्यकारी निर्देशक मौसमी श्रेष्ठ रहेका थिए ।

कार्यक्रमले नेपालभरबाट १४ असाधारण विद्यार्थी उद्यमीलाई एकै ठाउँमा ल्याउनुको साथै उत्कृष्ट ६ विद्यार्थीलाई कडा प्रतिस्पर्धापछि फाइनलमा पु¥याएको छ। नेपालको ब्यापारको भविष्यको प्रतिनिधित्व गर्ने शीर्ष ६ फाइनलिस्टमा अञ्जना मल्ल धिताल, प्रलिशा अधिकारी, विवेक, तिमिल्सिना र घिमिरे छन्।

राष्ट्रिय विजेताहरू क्षेत्रीय फाइनलका लागि भारत पुग्ने छन्। विश्वस्तरमा नेपालको प्रतिनिधित्व गर्ने अवसरका लागि उनीहरूले उक्त प्रतियोगितामा भाग लिन पाउने आयोजक संस्था उद्यमी संगठनका सभापति तरुणप्रताप शाहले जनाए। अन्तिम प्रतिस्पर्धाका विजेताले ५० हजार डलर पुरस्कार प्राप्त गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित