Online News Khabar

स्वास्थ्य संस्थामा आउदैनन् कुष्ठरोगका बिरामी

868
SHARES
1k
VIEWS

कालिकोट – कुष्ठरोगका बिरामीहरु चेकजाँच गर्न स्वास्थ्य संस्थामा आउन नमान्ने गरेको पाइएको छ ।
स्वास्थ्य सेवा कार्यालय कालिकोटले सोमवार जिल्लामा कुष्ठरोग सम्बन्धी गरेको अन्तरक्रिया कार्यक्रममा यस्तो बताइएको हो ।
कुष्ठरोगीहरु आफ्नो स्वास्थ्य अवस्थावारे चेकजाँच गर्न नमान्ने जिल्ला भन्दा बाहिर गएर जाँच गर्ने गरेको स्वास्थ्य सेवा कार्यालयका स्रोतव्यक्ती जगदिश नेपालीले बताए । परम्परागत रुपमा गाउँ समाजमा कुष्ठरोगीलाई गरिने अवहेलना र विभेदका कारण सजिलै तरिकामा स्वास्थ्य चेकजाँच गर्न आउन मान्दैनन्।
अन्तिम अवस्था भइसकेपछी वाध्य भएर बाहिर जिल्ला जाने गरेका छन ।
उनका अनुसार अहिले कालिकोटमा नर्मल खालका ७ जना मात्र बिरामी आफ्नो सम्र्पकमा आएर औषधी खाइरहेका छन । गत साउन महिनादेखी २ जना कुष्ठरोगका बिरामी फेला परेको र पहिला ५ जनाले नियमित औषधी सेवन गरिरहेका थिए । अहिले जम्मा ७ जना मात्र छन नेपालीले बताए ।

अहिले पनी मान्छे सजिलै तरिकाले स्वास्थ्य संस्थामा चेकजाँच गर्न आउन मान्दैनन् । चेकजाँच गरेपनी जिल्ला बाहिरका अस्पतालमा गर्ने गरेको पाइएको छ । गत वर्ष जिल्लाका ३ वटा ठाउँमा स्वास्थ्य शिबिर राखेर चेकजाँच गरेका थियौँ ।

अहिले जिल्लाका सवै स्वास्थ्य संस्थामा कुष्ठरोगको औषधी निशुल्क पाइने गरेको नेपालीले बताएका छन । जिल्ला अस्पतालमा उपचार गर्न आएपनी भाडा स्वरुप रकम दिने गरेको छ ।
जिल्ला स्वास्थ्य सेवा कार्यालयले अहिले नियमित अनुगमन र अनुशिक्षण गर्ने गरेको छ ।
कार्यक्रममा डाक्टर रोहित गुरुङको अध्यक्षता, नेपाल पत्रकार महासघका अध्यक्ष भरतराज विष्ट लगायतका जिल्लाका क्रियाशिल पत्रकारहरुको उपस्थितमा कार्यक्रम गरिएको थियो ।
सम्बन्धित फोटोः
१) कुष्ठरोग बारे जानकारी गराउदै स्वास्थ्य सेवा कार्यालय कालिकोट ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित