कालिकोट – निर्माण कम्पनीको लापरबाहीका कारण कर्णाली राजमार्गमा यात्रा गर्ने यात्रुले सास्ति खेप्नु परेकाे छ ।
कर्णाली राजमार्गका एसमाेड लगायतका सडक खण्डमा निर्माण कम्पनीले बाटाेनै बन्द गरि २ देखि ३ घण्टा समय लगायर काम गर्दा कालिकोट , हुम्ला बाजुरा , जुम्ला र मुगु लगायतका जिल्लामा पुग्ने यात्रुहरू घण्टाैसम्म जाममा पर्दा सास्ती खेप्नु परेकाे गुननसाे गरेका छन ।
२ घण्टा बाटाेमै बस्नु पर्दा समयमा घर पुग्न नसकिने सुर्खेत देखि बाजुरा जादै गरेका नन्दबहादुर भण्डारीले गुनासाे गरे ।
राजमार्ग मा काम गर्दा निर्माण कम्पनिले समय मिलायर काम गर्नु पर्थ्याे । बिहान वेलुका अथवा रातिकाे समयमा डाेजरले बाटाे खन्दा यात्रुले दुख पाउथेनन् भण्डारीले भने ।
अव वेलुका घरमा नपुगिने भयाे बिच बाटाेमै बस्ने पैसा पनि छैन ।
नन्दबहादुर मात्र हैनन यस राजमार्गमा यात्रा गर्ने अन्य यात्रुले पनि गुनासाे गरेका छन ।
नियमित गाडी चलिरहने सडकमा समय मिलायर काम गर्नु पर्थ्याे । यसरि यात्रुलाई सडकमा अलपत्र पारेर दुख दिन हुन्थेन ।
राति बिराति समय मिलायर काम गर्नु पर्थ्याे ।
यस बारे प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले समय मिलायर निर्माण गर्नु पर्ने बताए ।
कहिलेकाही खनेकाे ढुंगा माटाे पन्छाउन समय लागेपनी यसरि यात्रुलाई अलपत्र पारेर काम गर्नु हुदैन अवदेखि समय सिमा ताेक्ने प्रजिअ नेपालीले प्रतिवद्वता जनाए ।
यसबारे सडक डिभिजन कार्यालय जुम्लाका ईन्जिनियर चेतन मण्डलले बाटाे राेमेर काम गर्न नमिल्ने बताए । काम गर्दाखेरि माथिबाट पहिराे खसेमा पज्छाउन समय लाग्छ । अवदेखि बाटाे बन्द गरेर निर्माण नगर्न लगाउने बताए।
Discussion about this post