कालिकोट – कालिकोटको महावै गाउँपालिका – ५औल गेलाकी ५० वर्षीया लाल्का कमीले २४ वर्षपछि आफ्नो श्रीमान घर फर्केर आउँछन भन्ने आश मारिसकेकी थिइन् । तर श्रीमान घर फर्केपछि उनले हर्षका आँसु झारिन् । “मैले त श्रीमानको आश मारिसकेको थिए, घर छोडेर भारत गएको केही वर्षसम्म त गाउँले संग नासो र रैवार पठाउथे, त्यसपछि अत्तोपत्तो भएन”, श्रीमतीा लाल्काले भावविह्वल हुँदै भनिन्, “मेरो श्रीमान २४ वर्षपछि घर फर्कँदा बुढेसकालको सहारा हुने भएको छ ।”
२०५६ फागुनमा घर छोडेर रोजगारीको लागी भारत गएका गासे कामी घर फर्किएका छन् । रोजगारीका लागि भारत गएका गासेलाई भारतको उतरप्रदेश खण्ड टिउली आरेकोटमा भेडी गोठालो भएर काम गर्दा भेटीएपछी उनको उद्धारा गरी ल्याइएको हो ।
२४ वर्षसम्म घर नफर्किदा घरमा काज किरियाँको तयारी समेत थालिसकेका थिए । अझै आश मरेको छैन भनेर गासेकी श्रीमती लाक्काले रोक्न लगाइन । छोरा बिरेन्द्रले अव बाउको आश छैन । जव सानो छदा आफुले खाइ नखाइ आधा पेट खाएर पनी हामिलाई पाल्नु ताल्नु भयो । हामि कमााउने भइसक्यौ भन्दै लाल्कालाई शान्तना दिन्थे ।
६ वर्षको उमेरमा घर छाडेर गएका गासेका जेठा छोरा दुर्ग बिक,माइला छोरा बिरेन्द अहिले २६ वर्ष पुगे र एक बहिनी २३ वर्षकी पुगिन ।
चर्किदो दश वर्षे जनयुद्धको बेला घर छाडेर भारत गएको २ वर्षपछि परिवारको सम्पर्कमा आउन नसकेका गासे २४ वर्षपछि घरमा आउँदा परिवारमा खुसियाली छाएको छ ।
गासे घर फर्किएसँगै उनको २ छोरा र एक छोरी संगै घर परिवार र आफन्तमा खुसीको सीमा रहेन । २४ वर्षसम्म बेपत्ता गासे बुढेसकालको सहारा सम्पर्कमा आउँदा उनकी श्रीमतीको आँखामा हर्षका आँसु बर्सिएका छन् ।
“ गासेले गाउँमा पुगेपछी भने आफ्नो जन्म भुमीमा यसरी पुग्छु भन्ने कल्पना समेत गरेको थिएन बाचेर पुगे बाल बच्चा देख्न पाए आफ्नो परिवार देख्न पाए । अव बिदेश जादिन । साना बाल बच्चा पाल्न कति दुख भयो होला मेराी श्रीमतीलाई भन्दै अंगालो हालेर धुरुधुरु रोए । रहर थिएन बाध्यताले बिदसिए । १२ वर्ष जोगी भएर बिताए ।
“हाम्रो गाउँमा गासेदाइ जिउँदो हुनुहुन्छ भन्ने झिनो आशा मात्रै थियो तर अहिले घर फर्कंदा खुसी लागेको छ”, गाउँका स्थानिय लक्ष्मण शाहीले भने, “धेरै ठाउँमा गासे दाइको विषयमा सोधखोज गरेका थियौँ, तर कुनै अत्तोपत्तो भएन, आशा नै मारेर बसेका थियौँ, १२ वर्ष पछी पनी खोला फकिन्छ भन्थे बुढा पाकाले गासे २४ वर्षपछी घर नफर्किंदा यही कुराले पिरोलेको थियो, गासे दाइ फर्किएर आउनु भयो हाम्रो गाउँमा ठूलो खुसी छाएको छ ।”
४ वर्षका बालबच्चा एक आमाको भरमा छाडेर कामको खोजीमा भारत गएर उतै कालापाडे भएका गासे २४ वर्षपछी घर आउदा गाउँलेहरुले नै खुसी साटेका छन् । उनी अहिल प्रश्टसंग बाल्न भने आउदैन ।
दश वर्षे जनयुद्धको बेला गासे कामी मात्र हैनन् यहाँका सयौँ नागरिकहरु राज्य पक्ष र सरकारी पक्षबाट यातना र बाध्यता सहन नसकेर बेपत्ता समेत भएका छन । केही लामो समयपछी सम्पर्कमा आउने गरेका छन । बिना कारण यातना, कुटपिट र जवजस्ती पार्टीमा लैजानुले अधिकासं डर र त्रायासले बेपत्ता हुनु परेको छ ।
सम्बधित फोटो ः
१) २४ वर्षपछी घर फर्किदा गासे कामीलाई गाउँले र घर परिवारले गरेको स्वागत ।







