Online News Khabar

पलाँता लार्फका चारसय घरधुरीका आँगनमै धारा

868
SHARES
1k
VIEWS

कालिकोट- बाजेको पाला देखी खाने पानीको चरम समस्या झेल्दै आएका पलाँताको बान्जडा, लार्फा र मिजुबाडा बासीहरुले खानोपनीको समस्याबाट मुक्ती पाएका छन ।
पलाँताको बान्जडा, लार्फ, मिजुवाडा, ढकेना र सितलागाउँका घर आँगनमै खाने पानी पुगेपछी पानी खानकै लागी दिन भरी गाउँकै एक सार्वजनिक कुवामा लाम लागि रहनु पर्ने बाध्यताबाट बान्जडाबासीले दसकौपछी मुक्ती पाएका हुन् ।

जिल्लामा खानेपानीको अभाव खेपेका विभिन्न गाउँवासीले पलाँताको खाडा –बान्जडा जस्तै काकाकुलको अवस्था भयो भनेर कुनै समय उदाहरण दिने गर्दथे । अहिले त्यसै खाडा बाण्जडा र लार्फामा चार सय भन्दा बढि घरधुरीमा घर–घरमा पानीको धारा पुगेपछी यहाँका स्थानिय खुशी भएका छन ।
‘ २०७४ सालको स्थानीय तहको निर्वाचन सम्म हामीले चार घण्टा लगाएर एक गाग्रो पानी बोक्थ्यौं, –पलाँता गाउँपालिका वडा नम्वर–२, लार्फाकी स्थानिय नानी दर्जीले भनिन्–‘ अहिले त धेरैको घर घरमा पानीको धार आई सकेको छ, केहीको आउन बाँकी छ । ’ खाने पानी ल्याउनकै लागी पिठीँउमा डोको बोकेर चार घण्टाको पैदल बाटो हिँडेर खाने पानी ल्याउनु प्रथ्यो । लुगा धुन त परै छ ।
एक गागी्र खाने पानी भर्न दिनभर सार्वजनिक कुवामा लाइन लाग्नु प्रथ्यो । यस्ता समस्या झेलेकी हुँ अहिले घरकै आँगनमै पानी आउदा खुशीको सिमा छैन नानीले भनिन् ।’ ‘खाने पानी खानकै पिरलो हटयो घरको बारीमा सिचाई समेत हुने गरेको छ । तरकारी पनी खान पायएको छ । दिनका फेरीए अव जती दुःख पायौ उ वेलानै पायौँ । ’
घर आँगनमै खाने पानी अस्दा नानी दर्जी मात्र हैनन् बान्जडा निवासी अमना प्याकुरेलको पनी खुशकिो सिमानै रहेन । वर्षले ७६ पुगेकी अमनाको दुःख सुनि नसक्नुको छ । बिहान पानी भर्न जाने चिन्ताले राती निन्दानै आउथेन । कति वेला उज्याँलो होला र डोको बोकेर पानी ल्याउन जाउँला मनमनमै चिन्ता पसिरहन्थो । यस्ता दुःखबाट मुक्ती पाइयो । बाँचेपछी सव देख्न पाइन्छ भन्थे साचै रहेछ ।

सवैको लागी दिगो खानेपानी सरसफाई तथा स्वछतता परियोजना(सुशा) का संयोजक धिरबहादुर भण्डारी का अनुसार जिल्लाकै सुख्खा क्षेत्र पलाँताको बाण्जडा, मिजुवाडा, लाफा, राडुनेटा, ढकेना र सितलगार्उँ का घरमा घर घरमा खानेपानी धारा पुगेको छ । खानेपानी योजनाबाट सवै समुदायमा गरी जम्मा चार सय ३८ घरधुरीको घर–घरमा धारा पुगेको छ । ३ करोड रुपैयाँको लागतमा आयोजना भित्र चार सय ४४१ मिटर सहितका धारा र विद्यालयमा चौचालय निर्माण गरिएको भण्डारीले बताए । आयोजना सम्पन्न भइसकेका छन अव केही दिनमै गाउँपालिकालाई हस्तान्तरण गर्ने तयारी थालेको उनको भनाई छ ।

गाउँपालिका अध्यक्ष बिष्णुबहादुर रोकायाका अनुसार चार सय ३८ घरमा खाने पानीको धारा सहित पानी खसिसकेको छ । बान्जडा, लार्फा, मिजुवाडा बासीहरुले सदियौ देखी खाने पानीको चरम अभाव झेल्नु परेको थियो । अहिले यो दशकौ वषैपछी हल भएको छ । अव धौलगोह वासीले दिनभरको समय लगाएर लाइनमा बसेर पानी खानु पर्ने बाध्यताबाट मुक्ती पाएका छन । गाउँका एक सार्वजनिक धारामा गाउँभरीका नागरिकले पानी खानु पर्ने बाध्यक्षता हटेको छ । यो ठुलो उपलब्धी हो । भन्लान संघियता आएको ६ वर्षसम्म पनी खानेपानीको समस्या हटाउन सकेनन्? पलाँता क्षेत्र अन्य क्षेत्रहरुभन्दा बिकट र दुर्गम छ । सुख्या क्षेत्रमा पानकिो स्रोतनै छैन । टाढाबाट खानेपानी बान्जडा क्षेत्रमा ल्याउनु निकै चुनौतिको बिषय रहेको थियो । बल्ल यो समस्याबाट मुक्ती पाएका छौँ ।

घरको आँगनमै खाने मिटर सहितको खानेपानीको धारा बन्यो र पानी पनी खस्यो । सुशा परियोजना र गाउँपालिकाको संयुक्त लगानीमा निर्माण भएका खानेपानी आयोजनालाई केही दिनमै गाउँपालिकालाई हस्तान्तरण गर्ने अध्यक्ष रोकायाले बताए ।

सम्बन्धित फोटो ः
१) धारा निर्माण नहुनुभन्दा अगाढी सार्वजनिक कुवामा यसरी खाने पानी भर्न लाइनमा बस्नु पर्ने बान्जडा बासीको बाध्याता रहेको थियो ।

२) अहिले बान्जडा बासीहरुका घरका आँगनमा पुगेको खाने पानी ।

तश्बिर विश्वनाथ सिम्खाडा
कालिकोट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित