Online News Khabar

पहिलो पटक ग्रामिण सडक कालोपत्रे हुदा स्थानिय हर्षित

1.8k
SHARES
2.1k
VIEWS

कालिकोटको रास्कोट नगरपालिका केन्द्र र आसपासमा पहिलो पटक सडक कालोपत्रे हुदा यहाँका स्थानिय वासीहरु हर्षित भएका छन । सघन सहरी तथा भवन निर्माण आयोजना जुम्लाको ११ करोड ६० लाख रकमको लागतमा हाम्रो बसना निर्माण जेभी सुर्खेतले गत वैशाख महिना देखी निर्माण थालेको थियो ।
१८ महिनामा निर्माण सकिनु पर्ने निर्माण कम्पनी र कार्यालयको सम्झौता रहेपनी बसना निर्माण जेभीले ८ महिनामै ३९ सटरवाला मिनी मार्केट पक्की भवन र ६ सय ६ मिटर सडक कालोपत्रे गरेको हो । ११ करोड ६० लाख रकमै मिनी मार्केट, ६ सय ६ मिटक सडक कालोपत्रे, फापर माण्डु कालाशिल्ला मन्दिर संगै शौचालय समेत निर्माण गरेको कम्पनीका संचालक मानव बमले बताए ।
पहिलो पटक ग्रामिण सडक कालेपत्रे हुनु गौरवको विषय हो । हामिले प्राविधिक जाँच पासकै आधारमा सडक कालोपत्रे र भवन निर्माण गरेका छौँ । पछिल्लो समय यहाँ मात्र हैन देशका विभिन्न क्षेत्रमा निर्माणमा ढिलासुस्ती भइरहेको जन गुनासो आएको बेला हामिले १८ महिनाको समय हो । ८ महिनामै निर्माण सम्पन्न गरेको छौँ संचालक बमले भने । नगरपालिकालाई हस्तान्तरण गर्नको लागी अनुगमन गरिएको छ । रास्कोट नगरपालिका प्रमुख धर्मराज शाही, जुम्ला आयोजना, राजनितिक दलहरुको संयुक्त अनुगमन गरिएको बमले बताए । एक वर्षसम्म कालोपत्रे उप्केको खड्डमा निर्माण कम्पनी र आयोजनाले मर्मत गर्ने प्रतिबद्धता समेत गरिएको जनाइएको छ ।

पहिलो पटक ग्रामिण सडक कालोपत्रे हुदा यहाँका स्थानिय वासीहरु हर्षित भएका हुन् । कर्णाली राजमार्ग मा मात्र सडक कालेपत्रे देखेका यहाँका नागरिकहरु गाउँमै सडक कालोपत्रे हुदा विकासको प्रत्यक्ष महसुश भएको स्थानिय जहले दर्जिले बताए ।हाम्रो बुवा बाजेको पालामा बर्दियाको राजापुर देखी पिठीँउमा भारी बोकर हामिललाई पालेका हुन । हामिले दैलेखको टुनिबगर, राकम, खड्कििज्युलाबाट भारी बोकेर नुन चामल ल्याउथ्यौ । अहिले घरसम्ममै गाडी चल्छन । हेर्दा हेर्दा गाउँमै सडक कालोपत्रे भयो साच्चिकै बिकास भनेको यही रहेछ देख्न र भोग्न पाइयो जहलेले खुशी हुदै भने ।’ कर्णालीका १० वटा जिल्ला हरु मध्य कालेपत्रे हुनेमा रास्कोट पहिलो हो ।

सम्बन्धित फोटोः
१) पहिलो पटक रास्कोट नगरपालिकाआसपास गरिएको कालोपत्रे ।

नगरपालिका। आयोजना र सरोकारवालाहरुले गरेको अनुगमन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित