Online News Khabar

बालबिवाह बिरुद्ध स्थानीय सरकार

911
SHARES
1.1k
VIEWS

कालिकोट— बढ्दो बालविवाहले समाजमा नकरात्मक असर पार्न थालेपछि यहाँका क्षेत्रका तीन स्थानीयतहले बालविवाह विरुद्धको अभियान थालेका छन् । उनीहरुले बालविवाहले पारेको प्रभाव अध्ययन गरेर न्यूनीकरणका उपाय अबलम्वन गर्दै अघि बढेका हुन । यस क्षेत्रका शान्नि,नरहरीनाथ र रास्कोटमा बालविवाहविरुद्धका क्रियाकलापहरु घनिभूत रुपमा भइरहेका हुन् ।

बालविवाह अन्त्य गर्न किशोरकिशोरी समूह, महिला सञ्जाल, दलित सञ्जालहरु, अपांगता भएका व्यक्तिहरुदेखि सामाजिक क्षेत्रमा क्रियाशिल संघसंस्थाहरु र स्थानीय सरकार लागि परेका छन् । बालविवाहले बहुविवाह निम्त्याएको, किशोरीहरुको स्वास्थ्यमा असर देखिएको, घरेलु हिंसा बढेको, बच्चाहरु रोगी जन्मनुका साथै शिशु मृत्यु दर बढ्न थालेकाले सुक्ष्म अध्ययन गर्ने कार्य भइरहेको रास्कोट नगरपालिका प्रमुख धर्मराज शाहीले जानकारी दिए ।

२०२० मा ६७ प्रतिशत रहेको बाल बिवाह २०२१ मा आएर ६१ प्रतिशतमा झरेको छ । यस्तै २०२३ मा ५१ प्रतिशतमा झरेको पछिल्लो एक तथ्यांकले देखाएको छ ।
हामिले रास्कोट नगरपालिकाका ९ वटै वडाको बालबिवाह, छिटो बिवाह र जबजस्ती हुने बिवाहको महिला कति पुरुष कती जना, कति जना बिद्यालय बाहिर, कति जना बिद्यालयमा नियमित जान थाले औषधमा सर्वेक्षण गरेर पछिल्लो रिर्पोट सार्वजनिक गरेको छौ । ३ वर्षको बिचमा तिनवटा पालिकामा मात्र ७६ प्रतिशतबाट झरेर ५१ प्रतिशत बालबिवाह घटेको सर्वेक्षण निकालेका छौँ । यस्ता खाले कुप्रथाको न्युनिकरणको लागी साझेदार संस्थाहरु संग सहकार्य गरेर केही वजेट पनी नियोजन गरेको प्रमुख शाहीले बताए ।
अहिलेको तथ्यांकले यहाँका तीन स्थानीय तहमा बालविवाह धेरै हुने रास्कोट देखिएको छ । रास्कोट –२ मा भने बालविवाह शुन्य देखिन्छ । वडाध्यक्ष धुव्र सिम्खाडाले बालविवाह रोक्न किशोर किशोरी नै लागि परेको, अभिभावकले पनि बालविवाहलाई प्रश्रय नदिइएको बताउँछन् ।

बालविवाह मुक्त वडा घोषणाको कामलाई प्राथमिकताका साथ अघि बढाएको छ । वडाध्यक्ष सिम्खाडाले वडापालिकाको सिफारीस लिएर मात्रै विवाह गर्न पाइने नीति ल्याइएको बताए । उनका अनुसार टोलटोलमा बालविवाह विरुद्धका कार्यक्रमहरु भइरहेका छन् । रास्कोटकै पहिरो बालबिवाह मुक्त वडा घोषणा गर्ने तयारी छ । अहिले नगरका ९ वटै पालिकाको तुलनामा बाल बिवाह कम हुने वडा भित्र पर्दछ ।

सादा नेपालका परियोजना संयोजक दलसिंह कुमालका अनुसार विद्यालय बाहिर रहेका बालबालिका विद्यालयमा पु¥याउने, बालविवाहमुक्त पालिका घोषणा गर्नेदेखि किशोरकिशोरीलाई यौन तथा प्रजनन स्वास्थ्यका बारेमा जनचेतना दिने काम चलिरहेको छ । समाजमा रहेका धर्मगुरुहरु संग अन्तरक्रिया,पुरानो पुस्ता र नयाँ पुस्ताबीच संवाद गर्ने र विद्यालयमा बालविवाह न्यूनीकरणका विषयमा पटक पटक क्षमता अभिवृद्धिका काम भइरहेको उनको भनाइ छ । बालविवाहविरुद्ध देउडा खेल्ने, छलफल चलाउनेदेखि बालविवाह गर्दा हुने कानुनी व्यवस्थाको बारेमा समेत सिंजाका तीन स्थानीयतहमा बारम्वार छलफल चलिरहेको छ ।
यस्ता खाले छलफल तथा जनचेतनाले अहिले कालिकोटमा बालबिवाह दर घट्दो अवस्थामा रहेको कुमालले बताए । बालविवाह विरुद्धको अभियानले रास्कोट नगरपालिका, शान्नित्रिवेणी गाउँपालिका र नरहरीनाथ गाउँपालिका ६७ प्रतिशत रहेको बालबिवाह घटेर ५१ प्रतिशतमा झरेको छ । अन्य पालिकामा पनी घट्दो अवस्थामा रहेको कुमालको भनाई छ ।
सम्बन्धित फोटोः

१) बालबिवाह बिरुद्ध एक मत भएका शान्नि त्रिवेणी गाउँपालिकाका जनप्रतिनिधी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित