बालविकासका शिक्षिकालाई अभिभावक शिक्षासाम्बन्धि ७ दिने तालिम सुरू

बालविकासका शिक्षिकालाई अभिभावक शिक्षासाम्बन्धि ७ दिने तालिम सुरू

कालिकोट – खाँडाचक्र नगरपालिकाले बालविकास स्कुलका शिक्षिकालाई अभिभावक शिक्षासम्बन्धि ७ दिने तालिन दिएकाे छ ।
खाँडाचक नगरपालिका शिक्षा शाख प्रमुख जसिप्रसाद चाैलगाईकाे अध्यक्षता , नगर प्रमुख कमलबहादुर शाहीकाे प्रमुख आतिथ्यता, उप प्रमुख गणेशबहादुर शाही, शिक्षा तथा विज्ञान प्रविधि विकास मन्त्रालयका उपसचिव अर्जुन श्रेष्ठ काे विषेश आतिथ्यता, शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख प्रकाश धिताल, नि.प्रमुख प्रशासकीय अधिकृत अविराज शाही , खाँडाचक्र नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष ददी पाण्डे, ४ का अध्यक्ष प्रभानन्द आचार्य ,५ का अध्यक्ष देउराम विक, ६ का अध्यक्ष दिनेस शाही , ७ का अध्यक्ष दिपराज कार्कि १० का अध्यक्ष दिलबहादुर शाही लगायतकाे उपस्थितमा तालिमकाे उद्घाटन गरिएको थियाे ।
बालवालिका काे शिक्षामा थप बल पुराउन नगरपालिकाका ५७ वटै बालशिक्षाका शिक्षिकाहरूलाई अभिभावक शिक्षा सम्बन्धि तालिन दिन सुरू गरेकाे शिक्षा शाखा प्रमुख चाैलगाईले बताए ।
सेताे गुराँस बाल विकास सेवाकाे प्राविधिक सहयाेग, युनिसेफ नेपालकाे सहयाेगमा नगरपालिकाले आयाेजना गरेकाे थियाे । कालिकोटमा याे पहिलाे पटक अभिभावक शिक्षा सम्बन्धि तालिम दाेस्राे पटक र महत्त्वपूर्ण हुने प्रारम्भिक बालविकास संयाेजक अधिकृत मिशिरा शाहीले बताईन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित