कालिकोट -कालिकाेटका एक जना शिक्षकले सरकारले टिकटक प्रतिबन्ध गरेपछि उनले सामाजिक संञ्जाल फेसवुकमा १७ वुधे सुझाव दिएका छन ।
टिकटक मात्र किन? यस्ता खालका अराजक र गैर कानुनी गतिविधि पनि बन्द गर्न १७ बुधे सुझाव यसरि दिएका छन ।
१. नेपालको अवैज्ञानिक आर्थिक प्रणाली र खरीद प्रक्रिया,
२. प्रमाणपत्र बाँडेर बेरोजगार उत्पादन गर्ने शिक्षा प्रणाली,
३. अनुगमन नगरी डकुमेन्ट भए पुग्ने योजना प्रणाली,
४.राजनीति प्रभावित न्याय प्रणाली ,
५. अवैज्ञानिक टेण्डर तथा ठेक्का प्रणाली,
६. राजनैतिक प्रकृयाको आधारमा बितरित सामाजिक सुरक्षा प्रणाली,
७. वस्ताविक पहिचान र आवश्यक्ता बेगरको आरक्षण र समावेशी प्रणाली ,
८. कर्मचारी प्रभवित सबै तहको बजेट प्रणाली,
९. अनुत्पादनमुलक र वितरणमुखी बजेट प्रणाली,
१०. सेवा भन्दा धन्दामा परिणत भएको सरकारी संयन्त्र ,
११. खर्चिलो र भड्किलो चुनावि प्रणाली,
१२. करको दायरा संकुचन गरी कर छुट गर्ने होडबाजी,
१३. कालो बजारी र राजस्व छली,
१४. भिन्न भिन्न प्रकृति र सुविधाको कर्मचारी प्रणाली
१५. योग्यता र क्षमता भन्दा योगदानलाई प्राथमिकता दिने नेतृत्व प्रणाली ।
१६. जनता , सिमाना र देशको सुरक्षा गर्न नसक्ने सुरक्षा प्रणाली ,
१७. व्याक्ति, नेता र दल प्रभावित संचार प्रणाली।
यो पनि अन्त्य हुनु पर्छ । अनि मात्र सुशासन र परिवर्तनको अनुभुति गर्न सकिन्छ ।
Discussion about this post