बिद्यालय बाहिर रहेका एक सय ५७ जना विद्यालय भर्ना

बिद्यालय बाहिर रहेका एक सय ५७ जना विद्यालय भर्ना

हस्त चौलागाँई – सरस्वती परियार उमेरले १६ वर्ष पुगिन् । उनले ११ वर्षको उमेरमा पाँच कक्षा पढेर विद्यालय बाहिर रहिन । घरकी जेठी दिदिले विवाह गरिसकेपछी सरस्वती परियार घरको कामको ब्यस्त भईन् । ७ भाई बहिनीहरुको स्याहार सम्मार,आमा वुवाको रेखदेखमै उनको ५ वर्ष वित्यो । उनि अहिले १६ बर्षकी भईन् । समाज जागरण केन्द्र (स्याक ) नेपालले विद्यालय बाहिर रहेका बालवालिकाहरुलाई अनौपचारिक शिक्षा कक्षा संचालन गरिसकेपछी उनि पुन विद्यालयमा भर्ना भएर निरन्तर पढाईमा ब्यस्त छन् । सरस्वती परियार मात्र हैनन् विद्यालय बाहिर रहेका खाँडाचक्र नगरपालिकाका एक सय,सन्ताउन्न जना किशोर किशोरीहरु पुन विद्यालय जान थालेका छन् ।
पछिल्लो समय अनौपचारिक शिक्षा अध्ययन गदै विद्यालय भर्ना हुने विद्यार्थीको संख्यामा बृद्धि भएको छ । १२ वटा अनौपचारिक शिक्षा कक्षा संचालनबाट १ सय ५७ जना औपचारिक शिक्षा अध्ययनका लागि विभिन्न विद्यालयमा भर्ना भएका छन् ।
समाज जागरण केन्द्र (स्याक) नेपाल कालिकोटले आर्थिक समस्या लगाएतका अन्य समस्याबाट विद्यालय जान बन्चित बालवालिकाहरुलाई अनौपचारिक शिक्षा कक्षा संचालन गरि विद्यालयमा भर्ना गर्ने कार्य गरिरहेको समाज जागरण केन्द्र (स्याक) नेपालका अनुगमन तथा मुल्यांकन अधिकृत विश्वराज लामिछानेले बताएका छन् ।
१२ वटा अनौपचारिक शिक्षा कक्षा संचालनमा दुई सय ,सात जना विद्यार्थी सहभागि गराएको लामिछानेले बताए । दुई सय ,सात जना मध्यबाट एक सय,सन्ताउन्न जनालाई खाँडाचक्र नगरपालिका भित्रका विभिन्न विद्यालयमा भर्ना गराइएको छ ।
उमेर बढि भई विद्यालय जान हिचकिचाउने ३३ जनालाई विभिन्न प्राविधिक सिप मुलक तालिम दिई आर्थिक खर्च जोहो गर्न सक्ने बनाएको समाज जागर केन्द्र(स्याक) नेपालका कार्यक्रम संयोजक हरिभक्त तिवारीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित