Online News Khabar

जनप्रतिनिधिको सक्रियताः घरमै पुगेर सामाजिक सुरक्षा भत्ता बितरण

995
SHARES
1.2k
VIEWS

कालिकोट – रास्कोट नगरपालिकाका जनप्रतिनिधिले घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेका छन् । दशै तिहारलाई मध्य नजर गरी रास्कोट नगरपालिका नगरप्रमुख धर्मराज शाही, प्रमुख प्रशासकिय अधिकृत जवानसिंह वम वडाध्यक्षले घरमै पुगेर आर्थिक वर्षको पहिलो त्रैमासिक सामाजिक सुरक्षा भत्ता अशक्त र वृद्धवृद्धाहरुकोे हातमै दिएका छन । वुधवार वडा नम्बर ९ र ८ का लाफग्रहीको हातमै दिएका हुन ।

सामाजिक सुरक्षा भत्ता लिनका लागि नगरपालिकाको कार्यालयसम्म धाउनुपर्ने वा आफन्तमार्फत लिनुपर्ने बाध्यता अन्त्यका लागि जननिर्वाचित प्रतिनिधिले बुधबारदेखि घरैमा पुगेर सामाजिक सुरक्षा भत्ता दिन थालेको जनाएका छन् ।
आफ्नो कार्यकालभरी नगरपालिकाका बृद्धबृद्धा, अपांङग र दलितले पाउने सामाजिक सुरक्षाभत्ता घरैमा पु¥याएर वितरण सुरु गरिएको नगरपालिकाका मेयर धर्मराज शाहीले बताए । जनप्रतिनिधी र कर्मचारीको टोलीले ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षाभत्ता वितरण गर्दै घरघरबाटै सामाजिक सुरक्षा वितरणको सुरुवात गरेको हो ।
९ वटै वडाका नागरिकलाई वडामै पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गरिने नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित