Online News Khabar

सानिमा वैंकद्धारा गरिब तथा जेहन्दार छात्रालाई एकलाखको छात्रवृत्ती

1000
SHARES
1.2k
VIEWS

कालिकोट – सानिमा वंैक कालिकोट शाखाले गरिव तथा जेहन्दार छात्रालाई एकलाख बराबरको छात्रवृत्ती रकम पर्दान गरेको छ ।
सोमवार एक कार्यक्रमको आयोजना गरी दूई जना छात्रालाई ५०÷ ५० हजारको छात्रावृत्तिका लागि शैक्षिक साम्रागी प्रदान गरेको हो ।
जनजिवन माध्यामिक विद्यालय ताडी स्थित गरिब तथा जेहन्दार वडा नम्बर ७ निवासी स ंसंगिता पाण्डे र वडा नं ९ जन ज्योती मावि पाखा निवासी वर्षा अधिकारीलाई छात्रवृति प्रदान गरिएको छ ।
किर्डाक नेपालका संयोजक तुलाराम पाण्डे र सानिमा वैंक शाखा कालिकोट प्रवन्धक मछिन्द्र कुमार भण्डारीले प्रमाण पत्रसहित छात्रवृत्ती प्रदान गरेका हुन ।

सानिमा बैंकका शाखाहरुबाट संस्थागत उत्तरदायित्व शैक्षिक कार्यक्रम अन्तर्गत गरिब,जेहेन्दार तथा विपन्न परिवारका दुई जना विद्यार्थीलाइ प्रत्येक वर्ष एक लाख छात्रवृति प्रदान गर्दै आइरहेको छ
विगत ११ वर्षदेखि काठमाडौ“उपत्यका बाहिर रहेका सानिमा बैंकका प्रत्येक शाखाहरुबाट विद्यार्थीहरुलाई आफ्नै रोजाईको शैक्षिक संस्था र संकायमा उच्च शिक्षा हासिल गर्नका लागि छात्रवृत्ति प्रदान गर्दै आइरहेको बैंकका शाखा प्रबन्धक मछिन्द्र कुमार भण्डारीले बताए । ‘ स्थानीय तहका विद्यालयबाट आएको आवेदनका अनुसार छात्रावृति दिएका छौं’ उनले भने, ‘यस शैक्षिक सत्रमा जनजिवन माध्यामिक विद्यालय ताडी स्थित गरिब तथा जेहन्दार वडा नम्बर ७ निवासी ंसंगिता पाण्डे र वडा नं ९ जन ज्योती मावि पाखा निवासी वर्षा अधिकारीलाई छात्रवृति प्रदान गरेका छौँ ।’आगामी वर्षहरुमा पनि निरन्तर रुपमा यस्ता कार्यक्रमहरु चलाउने उनको भनाई थियो ।

कार्यक्रममा किर्डाक नेपालका संयोजक तुलराम पाण्डेले विद्यार्थीको शिक्षा प्राप्त गर्नका लागि सानिमा वैंकले हौसला प्रदान गरेको बताए ।
आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुको सानिमा वंैक भगवान भएको छ । यसमा गैरसरकारी संघ संस्था पनी साझेदार भएर काम गर्ने विश्वास समत व्यक्त गरेका छन ,
सानिमा बैंकले विकट गाउँमा पनि विद्यार्थीहरुको शैक्षिक क्षेत्रमा महत्वपूर्ण काम गरेको पाण्डेले बताए ।
सम्बन्धित फोटो
१) सानिमा वंैक कालिकोट शाखाले गरिव तथा जेहन्दार छात्रालाई एकलाख बराबरको छात्रवृत्ती रकम पर्दान गर्दै ।

तश्बिर विश्वनाथ सिम्खाडा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित