कालिकोट – दुर्लभ जंगली जनावर रेडपाण्डा संरक्षणमा यहाँका स्थानिय सरकार र संघ संस्थाहरु जुटेका छन्। सामुदायिक वन घोषणा हुँदा पनि दिन प्रतिदिन वन विनाश तथा चोरी सिकार बढ्दै गएपछि यहाँ पाइने रेडपाण्डा जोखिममा परेकाले जनप्रतिनधिहरू संरक्षण अभियानमा सक्रिय भएका हुन्।
शुक्रवार रेडपाण्डा नेटर्कको सहयोग, मानव अधिकार तथा वातारवरण विकास केन्द्र (हुरन्डेक) नेपालको सहजिकरण र तिलागुफा नगरपालिका वडा नं १ को महादेव सामुदयिक वनमा तिलागुफा नगरपालिका नगरप्रमुख, डिभिजन वन कार्यालय र हाव्रे संरक्षण सम्बन्धि काम गर्ने हुरन्डेक नेपालका प्रतिनिधिहरुको संयुक्र टोलीले तिलागुफाको लेकाली भाग रुडुबन्चु लगायतका लेखमा यसको वास स्थान र अवस्था वुझ्न स्थलगत अनुगमन गरेको हो ।
स्थानीय सरकार सञ्चालनको पहिलो आधार जैविक विविधता अर्थात् प्राकृतिक सम्पदा जल, जमिन, जडीबुटी भएकाले रेडपाण्डा संरक्षणमा जनप्रतिनिधिहरूको काँधमा आएको तिलागुफा नगरपालिका प्रमुख शंकरप्रसाद उपाध्यायले बताए। ं
बिश्वमै दुर्लभ बन्यजन्तु रेडापाण्डाको संरक्षण र जडबिुटी र वन जंगलको संरक्षण गर्न सकेमात्र यहाँको विकास र सम्वृद्धी यसैबाट हुने बताए । रेडपाण्डाको संरक्षणमा स्थानीय सरकारका अवसर र चुनौती दुवै छन्,’ उनले भने, ‘यसको संरक्षणका लागि सबैले पहल आवश्यक रहेको छ।’
तिन दिनसम्म हामिले रुडुबन्चु लगायतका सामुदायिक वनमा अनुगमन गरेका छौं टोलीले रेडपाण्डा त भेटाउन सकेन तर रेडपाण्डाको दिसा र बस्ने रुखको टोड्काहरु फेला पारेको छौँ । यसले गर्दा यो ठाउँमा रेडपाण्डाको बास रहेको देखिन्छ ।
बढ्दो जनसंख्या र वनजंगल फँडानीले रेडपाण्डा लोप हुँदै गएकाले जंगलमा रहेका सबै जनवारहरुको संरक्षण आवश्यक रहेको डिभिजन वन कार्यालयका प्रतिनिधि दिपराज संज्यालले बताए । उनका अनुसार प्राकृतिक स्रोत र साधनलाई उपयोग गर्न जिल्लामा भएका दुर्लभ वन्यजन्तु र पशुपंछीको संरक्षणमा स्थानिय सरकार बढी अग्रसर हुनु पर्ने समेत बताए ।
राष्ट्रिय वन छाडा हुने भएकोले रेडपाण्डा संरक्षण गर्न चुनौती छ । तर सामुदायिक वनसँग मिलेर रेडपाण्डा संरक्षणका लागि कार्यक्रम चलिरहेको छ । पहिलो चरणमा जंगलमा ब्लक निर्माण गरेर अनुसन्धान थालिएको छ । जसले रेडपाण्डा भए÷नभएको अनुसन्धान गर्न मद्दत पुग्छ । जंगलमा प्राकृतिक रुपमा बग्ने पानी रेडपाण्डालाई पानी खान सहज होस भनेर दह बनाएर संकलन गरेर राखिएको हुरन्डेक नेपालका प्रतिनिधि दिलीपकुमार शाहीले बताए ।
रेडपाण्डा मैत्री विरुवा रोपिएको छ । भुजपत्र,निगालो र देवद्यारका विरुवा वृक्षारोपणमा जोड दिइएको छ । यद्यपि रेडपाण्डाको संख्या भने यकिन गर्न सकिएको छैन । रेडपाण्डा नेटवर्कले अहिले हरेक सामुदायिक वनमा वन अभिभावक राखेका छन् । एउटा सामुदायिक वनमा दुई जना वन अभिभावक खटिन्छन् । उनीहरु जंगल जोगाउने र रेडपाण्डाको चालचलन र अवस्था अवलोकन गरिरहन्छन् । उनीहरु संरक्षित क्षेत्रको अवलोकनका साथै रेडपाण्डाको चोरी सिकारीका बारेमा समेत जानकारी लिन्छन् । साथै उनीहरू रेडपाण्डाको ताजा अपडेट बारे जानकारी गराउदै आएको शाहीको भनाई छ ।
वन्यजन्तु संरक्षण ऐन २०२९ मा कुनै पनि व्यक्तिले नियन्त्रणमा राखेको वा मारेको र ओसारपसार गरेको पाइएमा एकदेखि १० वर्षसम्म कैद वा एकदेखि पाँच लाखसम्म जरिवाना वा दुवै सजाय हुने प्रावधान छ । कालिकोटमा यस भन्दा अगाढी महावै र शुभकालिकामा यसको रेडपाण्डा सहित वास स्थान रहेको भेटिएको थियो ।
यसरी तीव्र रुपमा जनचेतना प्रदान हुँदा रेडपाण्डाको चोरी सिकारी कम भएको स्थानीयहरूको भनाइ छ । तर जथभावी डोजर प्रयोग गरेर सडक निर्माण गरिँदा रेडपाण्डा संरक्षणमा चुनौती देखिएको बताइन्छ । जंगल क्षेत्रमा जथाभावी हर्न बजाउनेदेखि गाडी कुदाउने गर्नाले रेडपाण्डालाई बस्न असहज भइरहेको स्थानीय अगुवाहरूको भनाइ छ ।
विश्वमा रेडपाण्डा पाइने ५ वटा देशमध्ये नेपाल पनि एक हो । कर्णाली भने रेडपाण्डा सम्भावित क्षेत्रको रुपमा चिनिन्छ । तर सरकारी लगानी भने रेडपाण्डा जोगाउनमा केन्द्रित भएको पाइँदैन । पहिले रेडपाण्डाको महत्त्व र कानुनी ज्ञान नहुँदा कुकुरले लखेटेर कैयौं रेडपाण्डा मारिने गरेका थिए । केही सिकारीले बन्दुकले हानेर पनि मार्ने गरिरहेको स्थानीयहरूको अनुभव छ । तर अहिले रेडपाण्डा मार्ने र सिकार गर्ने चलन हटेको छ ।
सम्बन्धित फोटोः
१) रेडपाण्डाको वास स्थान र यसको अवस्थावारे अनुगमन गर्दै तिलागुफा नगरपालिका प्रमुख लगायतको टोली ,
तश्बिर विश्वनाथ सिम्खाडा
Discussion about this post