Online News Khabar

स्वास्थ्य सेवा कालिकोटद्वारा उपलब्धि सार्वजनिक

889
SHARES
1k
VIEWS

कालिकोट – स्वास्थ्य सेवा कार्यालय कालिकोटले आफ्नाे एक वर्षकाे उपलब्धि सार्वजनिक गरेकाे छ ।
यहि असाेज १३ र १४ गते सदरमुकाम मान्ममा स्थानिय तह र स्वास्थ्य सेवा कार्यालयकाे समिक्षा तथा छलफलमा पछिल्लो समय कालिकोटको स्वास्थ्य सेवा प्रभावकारी रहेकाे दावि गरेकाे छ ।

कार्यक्रममा यहि असाेज १३ र १४ गते सदरमुकाम मान्ममा आयाेजित वृहत छलफल तथा अन्तरकृयामा स्वास्थ स्वा कार्यालयकाे उपलब्धि बारे जानकारी गराईएकाे थियाे । यसबारे डाक्टर संकेत बिश्वकर्माले कार्यक्रममा जानकारी गराएका थिए ।कालिकोटमा बर्थिङ सेन्टर ३७ वटा, क्षयरोग डट्स सेन्टर ३३ वटा, सुरक्षित गर्भपतन सेवा केन्द्र लगायतका सेवाहरूबारे जानकारी गराए ।

कार्यक्रममा जनस्वास्थ्य अधिकृत कटक महत, तथ्यांक अधिकृत लंक बम, कार्यक्रम फाेकल ब्याक्ति हेमराज बम लगायतका स्वास्थ्यकर्मी र पत्रकार हरूकाे सहभागीता रहेकाे थियाे । संस्थागत सुत्केरिलाई ८० प्रतिशत पुराउने लगायतका गत वर्षमा गरिएका प्रतिवद्वता अधिकास लक्ष्य अनुसार पुरा हुदै गएकाे डाक्टर बिश्वकर्माले बताए ।
स्वास्थ्य सेवा कार्यालयमा दरबन्दि अनुसार स्वास्थ्यकर्मी नभएकाे बताए । कार्यालयमा ९ वटा पद रिक्त रहेकाे उनकाे भनाई छ ।
यस्तै डाक्टर बिश्वर्कमाले ५७. ६१ प्रतिशत वजेट खर्च भएकाे,पाेषण कार्यक्रम हुदै गएकाे भाैतिक संरचना र जनशक्ति अनुसार अस्पतालकाे सेवा प्रभावकारी संगै मात्रृ शिसु मृत्युदर घट्दै गएकाे तथ्यांकमा राखेकाे छ ।
जिल्लामा परिवार नियाेजन , समुदाय स्तरमा हुने कार्यक्रम नियमित संचालन भईरहेकाे,दुई वर्षमा निशुल्क रूपमा सामुदायिक स्वास्थ्य ईकाई मार्फत उल्लेखनिय रूपमा स्वास्थ्य सेवा लिएकाे, ९ वटा पालिका मध्य ७ वटा पालिकामा डाक्टर सहितकाे सेवा संचालन भएकाे, सुत्केरि प्राेत्सान कार्यक्रम मार्फत यातायात भाडा नियमित उपलब्ध गराएकाे, अस्पतालकाे नियमित सरसफाइ र वृर्क्षाराेपण नियमित हुदै आएकाे उल्लेख छ । यस्तै स्वास्थ्य बिमा भनेजति प्रभावकारी हुन नसकेकाे बताईएकाे छ ।
बिमितले पहिलो सेवा जिल्ला अस्पताल लिनु पर्दा स्थानिय तहमै पहिला सेवा हुनुपर्ने सुझाव रहेकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित