Online News Khabar

एमाले कर्णाली अधिबेशनः बल्ल सुरु भयो मतदान

867
SHARES
1k
VIEWS

कालिकोट – नेकपा एमाले कर्णाली प्रदेशको अधिबेशनको लागी छानेने नेतृत्वको लागी मतदान प्रकृया बल्ल सुरु भएको छ ।
गत साता बुधबारदेखि सुरु भएको प्रदेश अधिवेशनको बन्द सत्र सकिएपछि शुक्रबार निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको थियो। सुरुमा सार्वजनिक गरिएको कार्यतालिकामा शनिबार बिहान ८ बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने र दिउँसो १२ बजेदेखि ६ बजेसम्म मतदानको समय तोकिएको थियो।

निर्वाचन कार्यतालिकापछि पनि दलका नेताहरुले आन्तरिक छलफल थालेपछि शनिबार बेलुका ६ बजेका लागि मतदानको समय तोकिएको थियो। शनिबार राति मात्र मतपत्र छपाई सुरु गरेको निर्वाचन कमिटीले पुनः आइतबार बिहान मतदान तोकेको थियो ।

आइतबार पनि मतपत्र छपाईको काम नसकिएपछि १० बजेका लागि मतदान तोकिएको थियो। त्यसपछि छापिएका मतपत्रमा गल्ती देखिएपछि मतदान १ बजेका लागि सारिएको निर्वाचन अधिकृत मातृकाप्रसाद खनालले बताए।

पदाधिकारीमा को को छन् उम्मेदवार?

नेकपा एमालेका कर्णाली प्रदेशको नयाँ कमिटी १३५ सदस्यीय बन्ने छ । तत्काल अधिवेशनबाट पदाधिकारीसहित १२५ जना चयन हुनेछन्।

निर्वाचन कमिटीले प्रकाशित गरेको उम्मेदवारको अन्तिम नामावली अनुसार अध्यक्षमा तीन जनाले प्रतिस्पर्धा गर्ने भएका छन्। सल्यानका गुलाबजंग शाह, कालीकोटका मिनबहादुर शाही र प्रकाश रोकायाले अध्यक्षमा उम्मेदवारी दिएका छन्। गुलाबजंग स्थायी कमिटी सदस्य यामलाल कँडेलको समूहबाट उम्मेदवार छन् भने मिनबहादुर स्थायी कमिटी सदस्य गोरख बोगटीको समूहबाट उम्मेदवार छन्।

प्रकाश रोकायाको भने कुनै समूह छैन। उनी स्वतन्त्र रुपमा उम्मेदवार बनेका हुन्।

यस्तै उपाध्यक्षमा जुम्लाका टेकराज पछाई, मुगुका दानसिंह परियार र जाजरकोटका लालबहादुर महाताराबीच प्रतिस्पर्धा हुने भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित