कालिकोट – सान्नीत्रिवेणी गाँउपालिका वडा नं. १ कि गिता जंैसीले श्रीमानको हिंसा सहन नसकेर आत्महत्या गरेकी छन् । लामो समयदेखि श्रीमानबाट मानसिक र शारीरिक यातना भोग्दै आएकी गीता जैसीले आईतबार बिहान सुरक्षित आवास गृह भनेर राखिएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल कालिकोटको कार्यालयको सौचालयमा आत्महत्या गरेकी हुन् ।
श्रीमान पीडित गिता केही दिनदेखि सोसेक नेपालको संरक्षणमा रहँदै आएकी उनले आइतबार बिहान संरक्षक कर्मचारी खाना खान गएको बेला शौचालयको ढोकामा झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख अर्जुन केसीले बताए । उनले भजने, घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ । संरक्षण गरिरहेको संस्थाको घरमा नै आत्महत्या भयो । दैलेख भगवतीमाई गाउँपालिका–५ कट्टीका दानबहादुर शाहीसँग विवाह गरेकी गीतालाई लामो समय शाहीले मानसिक तथा शारीरिक यातना दिँदै आएका थिए । पतिसँग झगडा परेपछि उनले कालीकोट जिल्ला अदालतमा अंशमुद्दा दायर गरेकी थिइन् ।
मानसिक यातनाकै कारणले २५ वर्षीया गीताकुमारी जैसी शाही र उनका चार वर्षीया छोरा टेकेन्द्रसहित केही दिनअघि बेपत्ता भएकी थिइन् । बेपत्ता भएको भोलिपल्ट उनी नेपालगञ्जमा भेटिइएकी थिइन् । गीताका श्रीमान् कालीकोटको मान्म बजारमा व्यवसाय गर्दै आएका छन् । शाही एमाले मान्म नगर कमिटी हुँदै जिल्ला कमिटी सदस्य थिए । केही समयअघिसम्म कार्यालय सचिवको जिम्मेबारीमा थिए । तर महिला हिंसासँग जोडिएर अदालतमा मुद्धा परेपछि पाटीले साधारण सदस्यबाट निस्काशन गरेको थियो । मान्म बजारमा बस्दै आएकी गीतालाई शाहीले पाँच वर्षअघि कान्छी श्रीमतीको रूपमा बिहे गरेर छोरा जन्माएपछि कुटपिट गर्दै हिंसा गर्न थालेका थिए ।
त्यसपछि उनी अलगै बस्दै आएकी थिइन् । शाहीले गीता र उनका छोरा मारिदिने धम्की दिँदै आएका थिए । गत वर्ष लुसा भीरमा लडेर मृत्यु भएका गीताका बुबाको पनि आफैंले मान्छे लगाएर भीरबाट धकेल्न लगाएर हत्या गरेको फेसबुक म्यासेन्जरमा भनेपछि दानबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । अहिले मृर्तकका आफन्तहरुले गिताको लासलाई वुझेका छैनन ।घटना पछी जोखिममा रहेकी गिताको सुरक्षाका लागी सोसेक नेपालमा राखेपछी उनको सुरक्षामा लाप्रवाही रहेको मृतकका आफन्तले आरोप लगाएका छन ।
Discussion about this post