कालिकोट – धेरैजसो शहर बजार र राजधानीमा नेता संग भेटघाटमै व्यस्त रहने राजनिति दलहरु यतिवेला आआफ्नो कार्यक्षेत्र घरदैलोमा व्यस्त भएका छन ।
नेकपा माओवादी केन्द्रले देशभर एकसाथ जन जनमा माओवादी घरघरमा माओवादी भन्ने अभियान संचालन गरेपछी अहिले शहर बजार र राजधानीमा केन्द्रित हुने नेताहरु यतिवेला गाउँ गाउँमा जनतासंग भलाकुसारी गर्न थालेका छन ।
माओवादीले कालिदकोटमा केन्द्रीय सदस्य, प्रदेश कमिटि सदस्य र जिल्ला सदस्यहरुलाई ९ वटै पालिकाका वडा वडाहरुमा खटाएपछी अहिले गाउँ केन्द्ति भएका छन । जनताका गुनासो र आफ्नो संगठन सुढिकरण तर्फ लागेका छन । केन्द्रिय सदस्य टेकराज वस्नेतको नेतृत्वमा गाउँ गाउँमा खटिएको छ ।
यस्तै नेपा एमाले पनी मिशन ८४ मुख्य अभियान संचालन गरेर अहिले गाउँमै केन्द्ति रहेको छ । ३ महिना मिशन ग्रासरुट संचालन गरेर यो अभियान देशभरी सफल पारिसकेपछी फेरी मिशन ८४ भनेर महा अभियान संचालन गरेको छ ।
एमालेले पनी केन्द्रिय कमिटि, प्रदेश कमिटि र जिल्ला कमिटिलाई जिल्लाका ९ वटै पालिकामा खटाएर वैठक तथा संगठन थप बलियो बनाउन सुढिकरण तर्फ लागेको छ । कालिकोटमा केन्द्रिय सदस्य नवरातलाई कालिकोट पार्टी इन्चार्ज बनाएर रावतको नेतृत्वमा ९ वटै पालिकामा कार्यक्रम संचालन भएर बिहिवार सम्पन्न भएका छन । अव एमाले ९ वटा पालिकाका ८२ वटै वडामा संगठन बिस्तार गर्ने भएको छ । ९ वटै पालिकामा कार्यक्रम सम्पन्न भएर भदौ २२ र २३ गते कर्णाली प्रदेश इन्चार्ज लेखराज भटको प्रमुख उपस्थितिमा सदरमुकाम मान्ममा अगुवा कार्यकर्ता भेला गर्ने भएको छ ।
यसैगरी नेपाली कांग्रेस कालिकोटले यसभन्दा अगाढी आन्तरिक सुढिकरण भन्दै गाउँमा घरदैलो गरिसकेको छ ।
Discussion about this post