Online News Khabar

युनिकोड

एमाले नेता आचार्यद्धारा पार्टिको खादा नलगाउने निर्णय कार्यन्वयन

884
SHARES
1k
VIEWS

कालिकोट – नेकपा एमालेले कुनैपनी कार्यक्रममा खादा नलगाउने निर्णय गरेसंगै कालिकोटका नेता कृष्नप्रसाद आचार्य र पुष्पराज आचार्यले आफ्नो गृह पालिकाबाट सो निर्णयको कार्यान्वयन आफैबाट सुरुवात गरेका छन ।
बिहिवार शुभकालिका गाउँपालिका वडा नम्बर ५ लाई बालविवाह मुक्त वडा घोषण सभामा अतिथिको रुपमा उपस्थित नेकपा एमाले कर्णाली प्रदेश कमिटि सदस्य समेत रहेका नेता कृष्नप्रसाद आचार्य र पुष्पराज आचार्यले खादा बहिस्कार गरेर स्थानियले गरेको अर्गानिक दुवाको माला मात्र प्रयोग गरेका हुन् ।

पार्टिको निर्णय स्वागत योग्यभन्दै नेता आचार्यले खादा माला समेत बहिस्कार गरेका थिए । अन्तत स्थानियले अर्गानिक दुवाको माला हालिदिएका थिए ।
केहि दिन पहिले नेकपा एमाले सचिवालय वैठकले अतिथि आसनग्रह, खादा माला सहित फोटो सेसन नगर्ने निर्णय गरेको थियो । समय बचत संगै खर्चको सिमा कमगर्न एमालेले यो निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित