कालिकाेट- बाल विवाह विरूद्वकाे साझा अभियान अन्तर्गत जिल्लाका मिडियाकर्मी ,नागरिक समूह,मानव अधिकारकर्मी, पत्रकार,
अनलाईन मिडिया,वाल क्लव,युवा क्लव ,बाल विवाह विरूद्वकाे साझा अभियानका जिल्लाका सराेकारवाला जुटेका छन ।
साेमबार खाँडाचक्र नगरपालिका वडा नं. १ काे सभा हलमा जिल्लाका सराेकावालाहरू बिच बैठक सम्पन्न भएर बालविवाह विरूद्व ऐक्यबद्धता जनाएर एकजुट हुने भएका हुन ।
बाल विवाह विरूद्वकाे साझा अभियानका संयाेजक खडान्नद अधिकारीकाे अध्यक्षतामा भएकाे बैठकमा,ईन्सेक प्रतिनिधि कालिबहादर मल्लले बाल विवाह,बहुविवाह, बलात्कार घरेलु हिंसा,जस्ता घटनाहरूमा पैरवि र वकालत गर्न हामी सबैकाे अहम भुमिका रहेकाे र यस्ता पिडितलाई न्यायकाे पँहुजमा पुरयाउन कानुनि सहायता कम्जाेर हुनेलाई आर्थिक सहयाेग समेत दिने जानकारी गराउदै यी घटना नियुनिकरणमा लाग्नु पर्ने बताए ।
यसैगरी साेसेक नेपाल कालिकाेटका गिता वलीले बाल विवाह विरूद्वकाे साझा अभियानमा हुने पिडितलाई संरक्षण र न्यायकाे पहुँजमा पुर्याउन हाम्राे कर्तव्य रहेकाे बताईन ।
त्यसैगरी दलित महिला संघ (फेडाे)नेपाल कालिकाेटका संयाेजक रमेश नेपालीले बाल विवाह विरूद्वकाे साझा अभियान र जातीय छुवाछुत बिरूद्वका घटनामा हामी सबै मिडियाकर्मी र नागरिक समाज,धामि झाक्री, सबैलाई जनतेतनामुलक कार्यक्रम गर्नुपर्ने बताए ।
साे बैठकमा कार्यक्रममा संचारकर्मीकाे आराेपछ जुन पालिकामा एनजिओ,आईएनजिओहरूले बजेट मात्र सकाउने र संस्थाले चाहेकाे उदेश्य पूरा नभएकाे जुन पालिकामा लागू संस्था छन साेही पालिकाहरूमा यी घटनाहरू बढी हुने गरेकाे पत्रकार पुष्प भट्टराईले जानकारी गराए ।
बाल विवाह विरूद्वकाे साझा अभियान कार्यक्रम कालिकाेटका ३ वटा पालिका खाँडाचक्र ,शुभकालिका, महावै गाउपालिकामा लागू रहेकाेछ । साेही वरपालीकामा बाल विवाह विरूद्वकाे साझा अभियान लागू भए यता बाल विवाह न्युनिकरण रहेकाे बताईएकाे छ ।
लिङका आधारमा हुने भ्रुण हत्यालाई पनि जगन्य अपराध मानेर यस्ताे भ्रुण हत्या गर्नेलाई कानुन बमाेजिम कार्वाही गरि यस्ता घटना न्युनिकरणमा सबै लाग्नु पर्ने अभियानका संयाेजक खडान्नद अधिकारीले कार्यक्रममा बताएका छन ।
Discussion about this post