कालिकोट- शुक्रबारदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा पुरक (ग्रेडवृद्धि) मा कालिकोटका एक हजार १ हजार १ सय परिक्षार्थी सहभागी हुने भएका छन्।
शुक्रबार र शनिबार हुने परीक्षाका लागि सदरमुकामस्थित बालमन्दिर माध्यामिक विद्यालय, बाल विकास वोडिङ स्कुल, पञ्चदेवल माध्यामिक विद्यालय, जनजिवन माध्यामिक विद्यालय ताडी रहेका छन ।
परिक्षा शान्त र मर्यादित बनाउन सम्पुर्ण तयारी पुरा भएको शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख प्रकाश धितालले जानकारी दिए ।
‘यस वर्ष आँखा पाक्ने रोगको संक्रमण दिनप्रतिदिन बढ्ने क्रम जारी छ भने, अर्कोतर्फ, टाढा टाढाबाट परीक्षा दिन आउने परीक्षार्थीलाई सदरमुकामसम्म आउन कठिनाइ हुने हुदा परिक्षा गतवर्षका भन्दा बढी केन्द्र तोकेका हौ’,प्रमुख धितालले बताए ।
एक वेन्चमा दुई जना रहने गरी पाँचै वटा केन्द्रमा परिक्षा भोली विहान ८ वजेदेखी ११ वजे सम्म हुने प्रमुख धितालको भनाई छ ।
Discussion about this post