निरा बोहोरा – कालिकोटको सदरमुकाम मान्म बजारमा मापदण्ड विपरित औषधी पसलहरु भेटिएका छन । सोमवार साहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बजार अनुगमन गर्दा औषधी बिक्रीवितरण तथा स्वास्थ्य सेवा सञ्चालन सम्बन्धमा बनेका ऐन नियमहरुको पालना नगरी धमाधम औषधी पसलहरु संचालनमा रहेको पाइएको हो ।
फार्मासिट हुनेमा आविस्कार मेडिकल हल र दिपरत्न कर्णली पोलिक्लिनिक प्रा.ली वाहेक एलीना मेडिकल हल,चंखेली स्वास्थ्य किल्लनिक, विस्ट मेडिकल हल लगायतका औषधी पसलमा मापदण्ड विपरित नै रहेको सहायक प्रमुख जिल्ला अधिकारी सरोज अधिकारीले जानकारी दिए ।
म्याद गुज्रेका औषधी सामान्य रुपमा भेटिएपनी आधिकारकि रुपमा औषधी बेच्न पाउने अधिकार सहितको फार्मासिट नभेटिएको अधिकारीले बताए । प्रमाणपत्र राखेको तर, औषधी बेच्ने फार्मासिट नभेटिएको उनको भनाई छ ।
‘औषधी पसल सञ्चालनका लागि फार्मेसी पढेको वा औषधी व्यवस्था विभागबाट व्यवसायिक तालिम गरेको व्यक्ति गर्नुपर्छ । दर्ता गर्ने, प्रतिबन्धित औषधी बिक्री नगर्ने लगायत अन्य नियमहरुको पनि पालना गर्नुपर्छ । तर सदरमुकाममै त्यस्तो पाइएन,’ उनले भने, ‘ मेडिकल संचालकले औषधी बेच्ने गरेको पाइएको छ । फम नविकरण गरेको र म्याद गुर्जेको औषधी भने भेटिएको पाइएन ।
सहायक प्रमुख जिल्ला अधिकारीले भने, ‘ सदरमुकाममा त यस्तो अवस्था छ गाउँमा कस्तो अवस्था होला ?
यस विषयमा हामिले यहाँका ९ वटै स्थानिय तहमा औषधी पसलहरुको अनुगमन गर्न परिपत्र गरिसकेका छौँ ।’
केही दिन अगाडी सान्नि त्रिवेणी गाउँपालिकाको ८ मुम्म्रामा म्याद सकिएको औषधी दिएको पाइएको थियो । अहिले मेडिकल संचालक सहित हामिले यस विषयमा अनुसन्धान गरिरहेका छौँ । गाउँका अधिकासं औषधी पसलहरु दर्ता बिनै संचालन भइरहेको जानकारी आएपछी हामिले अनुगमनलाई कडा पारिएको अधिकारीको भनाई छ ।
क्लिनिक अथवा मेडिकलमा बस्ने व्यक्तिले फार्मेसी पढेको अथवा ओरिन्टेशन लिएको हुनुपर्ने अनुगमनमा सहभागि डाक्टर प्रतिमा भणडारीले बताइन ।
सरकारी स्वास्थ्य संस्थाको औषधि र निजी मेडिकलको औषधिको गुणस्तरमा खासै फरक नपर्ने भएपनि निजी मेडिकलले सुरुमै हाई डोजको औषधी चलाउँदा तत्काल प्रभाव देखिनाले सेवाग्राही मेडिकल धाउन बाध्य हुने गरेको भण्डारीको भनाई छ । औषधी ब्यवस्था विभाग अन्तर्गतका अनुगमन गर्ने निकायहरुले यसका लागि पहल नचाल्दा उपभोक्ताहरु प्रत्यक्ष मारमा परेका छन ।
यस्तै स्वास्थ्य सेवा कार्यालयमा पनी औषधी बेच्ने अधिकार सहितको फर्मासिट थिएनन् । लामो समयदेखी अहेवको भरमा औषधी दिदै आएको कार्यालयले केही दिनदेखी दुईजना फर्मासिट पाएको छ ।
अनुगमनमा स्वास्थ्य सेवा कार्यालय कालिकोटका नि.स्वास्थ्य सेवा व्यवस्थापक लंक बम, फार्मासिट कृष्न मल्ल, डाक्डर प्रतिमा भण्डारी, प्रहरी निरिक्षक यज्ञराज जोशी उद्योग वाणिज्य संघ पत्रकार लगायतको सहभागितामा औषधी पसलहरुको अनुगमन गरिएको थियो ।
सम्बसिन्धत फोटाः
१) सोमबार साहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा औषधी पसलमा गरिएको अनुगमन । तश्बिर विश्वनाथ सिम्खाडा
Discussion about this post