कालिकोट – सान्नीत्रिवेणी गाउँपालिका वडा नं ८ मा एक बालकको मृत्यु भएको छ । शनिवार साँझ तीन वर्षिय बालक आनुन दर्जिको रहस्यमय मृत्यु भएको हो । बालकको मृत्यु प्रकरणमा एक जना स्थानीय मेडिकल सञ्चालक र औषधी दिने नेपाल रेडक्रसका कर्मचारी सहित दुई जनालाई प्रहरीले प्रक्राउ गरेको छ ।
मृतक बालकलाई दिएको औषधी म्याद सकिएको पाइएकाल्े अनुसन्धानका लागी प्रहरीले प्रक्राउ गरी अनुसन्धान गरिएको छ ।
प्रक्राउ पर्नेमा स्थानीय मेडिकल सञ्चालक सोही ठाउँका धिरेन्द्र केसि र एक जना रेडक्रसका कर्मचारी रहेका छन । मेडिकलवाट मृर्तक बालकले औषधी सेवन गरेको देखिएपछि अनुसन्धानका लागि प्रहरीले मेडिकल सञ्चालक केसि र ति कर्मचारीलाई प्रक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले घटना संकास्पद भएकाले अनुसन्धान भईरहेको बताए । हामी अनुसन्धानमा छौ, अहिले यसै हो भन्न मिल्दैन, मृर्तक बालकका मावलीले बालकको मृत्यु औषधी सेवन भन्दा पनि यातनाका कारणले मृत्यु भएको आरोप लगाईरहेका छन । मृर्तक बालकका बाजेले आफ्नो नाती आनुन दर्जिलाई उनका बुवाले यातना दिएर मारेको बताए ।
प्रहरी प्रमुख रिमालले बाहिर जे कुरा आएपनि आफुकहाँ बालकका बुवाको बारेमा कुनै निवेदन नपरेको बताए । घटनाका वारेमा बिभिन्न कोणबाट अनुसन्धान भईरहेको बताए । मृर्तक बच्चाको रास्कोट अस्पतालमा पोस्टमार्टम भएको छ । पोस्टमार्टममा संलन्न चिकित्सकले मृत्युको कारण भन्न नमिल्ने बताईरहेका छन । मृर्तक बालकको अहिले सम्म जन्मदर्ता पनि छैन । वडा नं ८ का वडा अध्यक्ष नौलासिहं वुढाले वडामा जन्मदर्ताको कुनै प्रमाण नभएको बताए ।
वडाले किन दिन मानेन जन्मदर्ता
जन्म दर्ता गर्न केही समय अगाडी वडामा वच्चाकी आमा मिलता दमाई पुग्नु भयो । तर बच्चाको जन्म दर्ता गराउनका लागि न मिलता संग आफ्नो नागरिक्ता थियो न त बच्चाको बुवाको । कसैको नागरिक्ता नभएकाले वडा सचिवले जन्मदर्ता गर्न मानेन ।
२०७९ साल फागुन २६ गते द्रोस्रो बिवाहवाट आनुनको जन्म भएकाले आनुनकी आमा मिलताले बच्चा बावुलाई बुझाई दिन वडामा निवेदन दिएको देखिन्छ । वडा अध्यक्ष नौलासिहं वुढाका अनुसार वच्चा सानै भएकाले आमावाट छुटाउन हामीले दिएनौ ।
छलफल चलिरहेका बेला बच्चाका बुवा प्रमाणित भएका निर्मु दमाईले आफ्नो बच्चा आफै राख्ने भन्दै जवजस्त तानेर लिए । हामीले निग्रानी मात्र गर्यौ । राम्रै लालन पालन भएको खवर थियो । तर एक दिन बच्चाको मावली तर्फका वाजेले वडा अध्यक्ष नौलासिहं वुढा समक्ष आफ्नो नातीलाई यातना दिएको खवर पुगाए ।
तत्काल वडा सदस्य बिष्णु दमाईलाई निर्मु दमाई (वच्चाको वुवा)लाई बोलाउन वडा अध्यक्षले पठाउनु भएको खवर छ । तर उनिहरु घरमा नभएको र तेतेरी भन्ने ठाउँमा वसाई सारेर गएको खवर पाएपछि त्यो त्यतीकै रोकियो । लगतै गाउँपालिकामा काम भएकाले आफु त्यहाँ ब्यस्त भए थप कुराकानी हुन नपाएको र असार ३१ गते राती वच्चाको मृत्यु भएको अध्यक्ष वुढाको भनाई छ ।
पछिल्लो समय निजि मेडिकलहरुले मनोमानी तरिकाले औषधी बिक्री बितरण गर्दा धेरैको ज्यान जोखिममा रहेको पाइएको छ ।
जिल्लादेखी गाउँसम्मका निजी मेडिकलहरुको निगरानी र नियगमन कडा नहुदा मेडिकलहरुको मनोमानी रहदै आइरहेको छ । कतिपय मेडिकलहरुले आफ्नो अधिकार क्षेत्रभन्दा बढी अनुमती बिना एक्सरे समेत गर्दै आइरहेका छन ।
सम्बन्धित फोटोः
१) प्रहरीले बरामद गरेको मेडिकलको म्याद सकिएको औषधी
Discussion about this post