Online News Khabar

एकै वडाका तीन सांसद

915
SHARES
1.1k
VIEWS

नरहरिनाथ विद्वान जन्मिएको गुमनाम गाउँ
एकै वडाबाट तीनजना सांसद भए पनि अपेक्षाकृत विकास नभएको जनगुनासो
अध्यात्मिक विद्वान नरहरिनाथ जन्मिएको गाउँबाट अहिले तीनजना सांसद निर्वाचित छन् । तर विडम्बना यहाँको पूर्वाधार विकासको स्थिति र जनताको जीवनस्तर भने दयनीय छ ।
नरहरिनाथ- विद्वान जन्मिएको गुमनाम गाउँ
सुर्खेत । धेरैलाई थाहा नहुन सक्छ कि, अध्यात्मिक विद्वान नरहरिनाथ जन्मिएको गाउँबाट अहिले तीनजना सांसद निर्वाचित छन् । तर विडम्बना यहाँको पूर्वाधार विकासको स्थिति र जनताको जीवनस्तर भने दयनीय छ ।

विद्वान नरहरिनाथकै नामबाट गाउँपालिकाको नाम राखिएको छ । नरहरिनाथ गाउँपालिकाकै वडा नम्बर ८ का तीनजना अहिले बहालवाला सांसद छन् ।

राष्ट्रियसभाका सांसद नरबहादुर विष्ट, कर्णाली प्रदेशसभाका सांसद हिक्मतबहादुर विष्ट र विन्दमान विष्ट यहीं गाउँपालिकाको लालुमा जन्मिएका हुन् । नरबहादुर र विन्दमान सुर्खेतबाट र हिक्मतबहादुर कालिकोटबाट प्रतिधिधित्व गर्दै सांसद भएका हुन् ।

हिक्मतबहादुर, नरबहादुर र विन्दमानका राजनीतिक गुरु मानिन्छन् । नरबहादुर र विन्दमानलाई कम्युनिस्टबाट राजनीति सिकाउने हिक्मतबहादुर अहिले कांग्रेसबाट विजयी सांसद हुन् । नरबहादुर र विन्दमान भने माओवादीबाट सांसद भएका हुन् ।

२०४८ सालमा कांग्रेस उम्मेदवार तिलकप्रसाद न्यौपानेसँग पराजित भएका विष्ट ३१ वर्षपछि कालिकोटमा कांग्रेसबाटै प्रदेशसभा सदस्य जित्न सफल भए । उनी कांग्रेसका न्यौपानेबाट २८६ मतले पराजित भएका थिए । न्यौपानेले आठ हजार आठ मत ल्याउँदा विष्टले सात हजार सात सय १७ मत ल्याएका थिए ।

गत मंसिर ४ मा सम्पन्न प्रदेशसभा निर्वाचनमा विष्टले कालिकोट प्रदेशसभा ‘ख’मा सदस्यमा १३ हजार ७८३ मत प्राप्त गरेका थिए ।

लालुमै जन्मिएका नरबहादुर विष्ट २०६४ सालमा माओवादी केन्द्रबाट संविधानसभा सदस्य सुर्खेत निर्वाचन क्षेत्र नं. ३ बाट विजयी भएका थिए । त्यसपछि २०७८ साल पुसमा भएको निर्वाचनमा उनी राष्ट्रियसभा सदस्य भएका हुन् ।

अर्का कर्णाली प्रदेशसभा सदस्य रहेका रहेका विन्दमान विष्ट सुर्खेत निर्वाचन क्षेत्र २ को ‘ख’बाट २०७४ र २०७९ सालमा भएको प्रदेशसभामा निर्वाचित भएका छन् । विष्ट कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री र आर्थिक मामिला तथा योजनामन्त्री समेत भइसकेका छन् ।

नरहरिनाथ योगी १९७१ फागुन १७ गते लालु गाउँमै जन्मिएका हुन् । उको २०५९ साल फागुन १३ गते काठमाडौंको मृगस्थलीमा मृत्यु भएको थियो ।

योगी नेपालका एक अध्यात्मिक विद्वानका रुपमा चिनिन्छन् । वेद, वेदान्त, इतिहास, पुरातत्व, पुराण जस्ता अतिगहन विषयको अन्वेषकका रुपमा परिचित नरहरिनाथलाई यस क्षेत्रकै विद्वान मानिन्छ ।

यसरी ऐतिहासिक विद्वान जन्मिएको गाउँबाट अहिले तीनजना सांसह हुनु सुखद पक्ष भए पनि अपेक्षाकृत विकास नभएको भन्दै गाउँलेले दुःख व्यक्त गरेका छन् । स्थानीय मकरसिंह भन्छन्, ‘गाउँबाट नेतामात्रै भए, विकास भएन ।’by nepalviews

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित