Online News Khabar

युनिकोड

पचालझरनाले ल्यायो ३९ करोड ८२ लाख वजेट

881
SHARES
1k
VIEWS

कालिकोट – पचालझरना गाउँपालिकाले आर्थिक वर्ष २०८०÷८१ का लागी ३९ करोड ८२ लाख ३३ हजार ७ सय ९३ रुपैयाको वजेट सार्वजनिक गरेको छ ।
शुक्रवार गाउँपालिका केन्द्र पडेक्षामा ११ औँ गाउँसभा उद्घाटन कार्यक्रममा उपाध्यक्ष बविता बमले वजेट सार्वजनिक गरेका हुन ।
गाउँपालिका अध्यक्ष देवराज शाहीको अध्यक्षता, जिल्ला समन्वय समितिका प्रमुख धनजितबहादुर शाहीको प्रमुख आतिथ्यता, उपप्रमुख मिना रावतको विषेश आतिथ्यतामा उद्घाटन भएको गाउँसभामा उपाध्यक्ष बमले निति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन ।

कार्यक्रमलाई निरन्तरता दिंदै थप कार्यक्रममा वडाका भवन निर्माण, खानेपानी सञ्चालन, लक्षित बर्गका कार्यक्रमलाई प्राथमिक्ता दिने प्रमुख प्रशासकिय अधिकृत पुर्णबहादुर नेपालीले बताए । शिक्षा, स्वास्थ्य र सडकलाई पुर्णत दिने गरी वजेट केन्द्रित रहेको बताए ।

गाउँपालिकाको नीतिमा स्थानीय रैथाने वालिको संरक्षणका लागि भटमास, कोदो, सिमि, कागुनो र फापर खेतिलाई जोड दिन कृषकलाई प्रोत्साहन गर्ने प्रमुख प्रशासकिय अधिकृत पुर्णबहादुर नेपालीले बताए ।
कार्यक्रममा पुर्व गाउँपालिका अध्यक्ष खड्गराज सेजुवाल,पुर्व उपाध्यक्ष तारा न्यौपाने राजनितिक दल लगायतको उपस्थिति रहेको थियो ।

फोटो ः पुर्णसिंह बम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित