Online News Khabar

युनिकोड

रास्कोटको निति तथा कार्यक्रम ः बिद्यालय नर्सिङ कार्यक्रम संचालन गर्ने

942
SHARES
1.1k
VIEWS

कालिकोट – रास्कोट गरपालिकाले बिद्यालय नर्सिङ कार्यक्रम सन्चालन गर्ने भएको छ । नगरको १२ औं सभामा प्रस्तुत नीति तथा कार्यक्रममा बालबालिकाको सर्वाङ्गीण बिकासका लागि बिद्यालय नर्सिङ कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ । नगरले वडा कार्यलय निर्माण, स्वास्थ्य बीमा लागू गर्ने, कृषि क्षेत्रको बिकासका लागि बृहत् सिंचाइ आयोजना सञ्चालनमा ल्याउने नीति लिएको छ ।

नगर प्रमुख धर्मराज शाहीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गत आर्थिक वर्ष २०७९–८० का सबै कार्यक्रमलाई निरन्तरता दिंदै थप कार्यक्रममा नर्सिङ कार्यक्रम, वडाका भवन निर्माण, खानेपानी सञ्चालन, लक्षित बर्गका कार्यक्रमलाई प्राथमिक्ता दिने बताउनुभयो । पर्यटन बिकासका लागि देउरामालिका हुँदै बडिमालिका सम्म बाटो निर्माण कार्यलाई प्राथमिक्ता दिने बताइएको छ ।

नगरको नीतिमा स्थानीय रैथाने वालिको संरक्षणका लागि भटमास, कोदो, सिमि, कागुनो र फापर खेतिलाई जोड दिन कृषकलाई प्रोत्साहन गर्ने बताइएको छ । यस्तै शिक्षातर्फ विद्यालय समायोजन, शैक्षिक गुणस्तर सुधारका लागि प्रअ र सुरक्षा गार्डलाई पूर्णकालिन बनाइने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित