Online News Khabar

युनिकोड

बालविवाह राेक्न धामीझाँक्री सम्मेलन

946
SHARES
1.1k
VIEWS

कालीकोट- बालविवाह रोक्न विभिन्न सामाजिक सचेतीकरणका कार्यक्रम भएका छन् । आज शुभकालिका गाउँपालिकामा बालविवाह विरुद्धको प्रथम धामीझाँक्री तथा पुरोहित सम्मेलन गरिएको छ । विवाहका लागि स्थानीयले लगन हेराउन धामीझाँक्री र पुरोहितकोमा जाने गर्छन् ।

धामिझाँक्रीको सल्लाहमा विवाहको साइत पार्ने भएकाले उनीहरूलाई बालविवाह विरुद्धको अभियानमा लगाउन सम्मेलनको आयोजना गरेको बताइएको छ । गाउँमा धामीझाँक्री र पुरोहितहरूको बढी विश्वास गर्ने भएकाले उनीहरूलाई नै बालविवाह विरुद्धको अभियानमा परिचालन गर्न सम्मेलन गरिएको हो । बालबालिकाको क्षेत्रमा काम गरिरहेको सेभ:द चिल्ड्रेन किर्डाक नेपाल सहयात्रा परियोजनाको सहयोग र गाउँपालिकाको आयोजनामा सम्मेलन गरिएको छ ।

शुभकालिका गाउँपालिका अध्यक्ष गोविन्द प्रसाद आचार्यले गाउँपालिकाले उमेर पुगी विवाह गर्ने जोडीलाई पुरस्कारको व्यवस्था गर्दा समेत बालविवाह लुकिछिपी हुने गरेकाले धामिझाँक्रीलाई समेत परिचालन गर्न सम्मेलन गरेको बताउनुभयो । उहाँले सम्मेलन मार्फत धामीझाँक्रीको नयाँ समिति गठन हुने र त्यसै मार्फत बालविवाह विरुद्धको अभियान चलाउने बताउनुभयो ।

शुभकालिका गाउँपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख नवराज आचार्यले शिक्षित समुदाय समेत धामीझाँक्री र पुरोहितको भरमा पर्ने हुँदा अब बालविवाह रोक्नका लागि उत्तम उपाय भनेकै धामीझाँक्री परिचालन गर्ने निचोडमा आफूहरू पुगेर यो सम्मेलनको आयोजना गरेको बताउनुभयो । सहयात्रा परियोजनाका बालअधिकार अधिकृत प्रकाश बहादुर शाहीले पालिका र आफूहरूको लामो समय सम्मको छलफलपछि बालविवाह विरुद्धको अभियानमा पुरोहित र धामीझाँक्रीलाई सहभागी गराएको बताए। by gorkhapatra

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित