Online News Khabar

लागू औषध दुर्वेसनी राेक्न किटकाे प्रयाेग

867
SHARES
1k
VIEWS

कालिकोट – जिल्ला प्रहरी कार्यालय कालीकोटले लागुऔषध प्रयोगकर्ताको पहिचानका लागि किट प्रयोगमा ल्याएको छ । मान्मबजारमा लागुऔषध दुर्वेसनी वढिरहेको आशंका प्रहरीले गरेपछि केही शंकास्पद युवाको परीक्षण गर्न दुई वटा कम्पनीको किट प्रयोग गरिरहेको छ ।

प्रहरीले आफ्नै लगानीमा दुई वटा कम्पनीका परीक्षण किट ल्याएर प्रयोग गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी जयश्वर रिमालले कुनै बिवाद गरेर नियन्त्रणमा लिनुपर्ने युवा र शंकास्पदलाई परीक्षण गरेर दुर्वेसनी रोक्ने योजनाकासाथ आफुले किटको प्रयोग गरेको बताउनुभयो ।

आइतवार साँझ बजारमा बिवाद गरिरहेका युवाको दुई समुहका चार जनालाई प्रहरीले नियन्त्रणमा लिएपछि लागुऔषध प्रयोगकर्ता हो, होइन भनेर एकीन गर्न परीक्षण गरिएको थियो । चार जनालाई गरिएको परीक्षणमा एक जनाले प्रयोग गरेको देखिएकाले उसलाई थप अनुसन्धान गरिएको छ ।

लागुऔषध प्रयोगकर्ता हो भन्ने एकिन भएपछि उसले प्रयोग गरेको पसल र ब्यक्तिका बारेमा सूचना लिन सहज हुने प्रहरीको बिश्वास छ । प्रहरी प्रमुख रिमालले अन्य आरोपमा प्रहरी नियन्त्रणमा आएका युवाको पनि परीक्षण हुने बताउनुभयो । यस्तै, ज्यान सुकेका, बिषेश गरेर तल्लो शरीर सुकेका युवालाई पनि किटको प्रयोग गरेर लागुऔषध प्रयोगकर्ता हो या होइन भनेर एकिन गर्न सहज हुनेछ । यो किटको प्रयोगले जिल्लामा लागूऔषध प्रयोगकर्ताको दर घटाउन सकिने प्रहरीको बिश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित