कालीकोटः नरहरिनाथ गाउँपालिका–४ का क्यान्सर पीडित जयरुप सहकारीलाई चितवन लैजानुपर्ने थियो, उनले आफ्नो आर्थिक अवस्था कमजोर भएका कारण चितवनमा बस्न नसकेर कालीकोट आउनुप¥यो ।
उनी चितवनबाट कालीकोट सार्वजनिक यातायातमा आए, आउदा आउदै बाटोमा अप्रेसन गरिएका टाका फुत्कियो, स्वास्थ्य सेवा कार्यालय कालीकोटले पुन टाका लगाउन यहाँ सम्भव नभएको भन्दै घर फिता गर्यो उनी मान्ममा आए उनलाई चितवनसम्म जाने भाडा समेत थिएन । उनले पुन उपचारमा नजाने अडान गरे ।
मान्ममा केही सामाजिक अभियान्ताले उनलाई चितवनसम्म जानका लागि विभिन्न निकायसंग सहयोगको अपिल गरे । केहीले आर्थिक सहयोग गरे भने अभियान्ताहरुले नरहरिनाथ गाउँपालिकासंग एम्बुलेन्स सहयोगका लागि हार गुहार गरे तर नरहरिनाथ गाउँपालिकाले एम्बुलेन्स दिन आनाकानी ग¥यो ।
नरहरिनाथ गाउँपालिकादेखि मान्मसम्म आउने एम्बुलेन्समा तेल नभएको १५ हजार खातामा हाल्दिए एम्बुलेन्स दिने एम्बुलेन्स संचालक समितिका संयोजक एवं नरहरिनाथ गाउँपालिकाका उपाध्यक्ष कमलकुमार शाहले बताए । उनले १५ हजारमा सुर्खेतसम्म जाने जनाए ।
गाउँपालिकाको एम्बुलेन्स गरिव असायका लागि कहिल्यै प्रयोगमा नआएको स्थानीयको भनाई छ । गरिव तथा विपन्न परिवारको विरामीले पालिकाको एम्बुलेन्समा चर्को मुल्य तिर्नुपरेको छ । नेपाल रेडक्रस सोसाईटीले दिएको एम्बुलेन्समा आफ्न्त बोक्ने गरेको पाइएको छ ।
नरहरिनाथ गाउँपालिकाका विरामीको सहजताका लागि नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा कालीकोटको सिफारिसमा केन्द्रीय कार्यालयले (ख) वर्गको एम्बुलेन्स हस्तान्तरण गरेको थियो । तर उक्त एम्बुलेन्समा विरामी भन्दा पनि अन्य नागरिक चढ्ने गरेको स्थानीयको भनाई छ ।
रेडक्रसको सहयोगमा प्राप्त एम्बुलेन्समा विरामी भन्दा पनि जनप्रतिनिधिका आफ्न्तले प्रयोग गर्ने गरेको पाइएको छ । नरहरिनाथदेखि सुर्खेत र सुर्खेतदेखि पालिकासम्म आफन्तहरुले चढ्ने गरेको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार एम्बुलेन्समा विरामी भन्दा पनि आफन्तले सेवा लिने गरेका छन् । विरामीलाई चर्को मुल्य लिने गरेको समेत स्थानीयको भनाई छ ।
एम्बुलेन्सले विरामी भन्दा पनि अन्य नागरिकलाई एम्बुलेन्समा बोक्ने गरेको नरहरिनाथका स्थानीय नागरिक जीवन विश्वकर्माले बताए । उनले भने, एम्बुलेन्स सुर्खेत जादा होस् या सुर्खेतबाट पालिकामा आउदा होस आफन्तहरुलाई बोक्ने गर्छ । विरामीलाई अहिले एम्बुलेन्स भन्दा पनि सार्वजनिक यातायात सस्तो लाग्ने गरेको छ । पालिकाको एम्बुलेन्सले सुर्खेतसम्मको १५ हजार भाडा लिने गरेको छ भने सार्वजनिक यातायातमा नागरिक २ हजार ५ सयले सुर्खेत पुगेर उपचार गरेर फर्किने गरेका छन् ।
Discussion about this post