कालीकाेट- जिल्लाकाे नरहरिनाथ गाउपालिका-८ का वडाध्यक्ष लालबहादुर बिष्टकी पत्नि निर्मला कुमारी बिष्टले नक्कली अनुभव पत्र बनाएर जागिर खाएकाे खुलेकाे छ ।
नरहरिनाथ गाउपालिकाले २०७९ पुस २९ गते प्रकाशित गरेकाे फिल्ड सहायक पदमा दरखास्त दिनका लागि बिष्टले नक्कली अनुभव पत्र बनाएकाे रहष्य बाहिरीएकाे हाे । राष्ट्रिय परिचयपत्र तथा पंञ्जीकरण विभाग अन्तरर्गत फिल्ड सहायकमा जागिर खानका लागि नक्कली अनुभवपत्र बनाएकी हुन् ।
साविककाे गाउँ विकास समितिमा सामाजिक परिचालक भएर काम गरेकाे अनुभवपत्र नक्कली बनाएकी हुन् । तत्कालीन गाविस सचिव युवक हमालकाे किर्ते हस्ताक्षर गरि अनुभव पत्र नक्कली बनाएर नियुक्ति बुझेकाे भेटिएकाे छ ।
२०७२-४-१० गतेका दिन चलानी नं १२ पत्र संख्या ०७२-०७३ काे अनुभवपत्र पेश गरि फिल्ड सहायकमा अहिले काम गरिरहेकी छन् । गाविस सचिवकाे किर्ते हस्ताक्षर गरेकाे अनुभवपत्रका आधारमा उनले फिल्ड सहायक पदमा नियुक्ती पाईन् ।
गाउपालिकमले अन्य पदमा लिखित माैखिक परीक्षा लिए पनि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण बिभाग अन्तरर्गत फिल्ड सहायक पदका लागि संक्षिप्त सूचि प्रकाशन तथा कम्प्युटर सीप परिक्षण र अन्तरवार्ता लिएकाे थियाे । साविककाे लालु गाउँ विकास समितिकाे नक्कली लेटरहेडमा निर्मला कुमारी बिष्टले नक्कली अनुभव पत्र बनाएर फिल्ड सहायकमा नियुक्ति बुझि काम गरिरहेकी छन् ।
यता तत्कालीन गाविस सचिव युवक हमालले आफुले कसैलाई अनुभव पत्र नदिएकाे बताए । उनले भने, पहिले पनि एक पटक कुरा उठेकाे थियाे उतिबेला पनि मैले भनेकाे थिए म गाविस सचिव हुँदा कसैलाई कार्यानुभवपत्र दिएन ।
निर्मला कुमारी बिष्टले पेश गरेकाे कार्यनुभवपत्रमा आफ्नाे किर्ते हस्ताक्षर गरेकाे हमालले बताए । गाविसकाे लेटरहेडपनि गलत छ हमालले भने २०७२-०७३ तिर लालु गाविसमा थिए आफुले कसैलाई अनुभवपत्र दिएकाे पनि छैन कसैले काम गरेकाे पनि हाेईनन् ।
गाउपालिकाले किर्ते अनुभवका आधारमा उनलाई फिल्ड सहायकमा नियुक्त गरेकाे भन्दै चाैतर्फि आलोचना भईरहेकाे छ । गाउपालिकाले नक्कली सक्कली प्रमाणित गर्न नसकिने गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरक शाहले बताए । उनले प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगालिकाे पालामा नियुक्त गरिएकाले त्यस बिषयमा आफुलाई जानकारी नभएकाे जनाए ।
यता वडाध्यक्ष लालबहादुर बिष्टले आफ्नाे पत्नि निर्मला बिष्टले जागिर गरिरहेकाे स्विकार गरे । उनले भने, गाविसकाे अनुभव पत्र हाे जागिर गरिरहेकी छन् । गाविसकाे अनुभवपत्र किर्ते हाे नि भन्दा वडाध्यक्ष बिष्टले अनुभवपत्र मैले बनाएकाे हाे भन्दै जंङ्गिए उनले याे बिषयमा आफुलाई साेध्न नहुने भन्दै फाेन काटे । उनले पेश गरेका सबै डकुमेन्ट नक्कली हुन सक्ने आशंका गरिएकाे छ ।
गाविसकाे नाम र हस्ताक्षर नै गलत
लालु गाउँ विकास समितिकाे नाममा बनाउनुपर्ने अनुभव पत्रमा गाविसकाे नाम गलत लेखिएकाे छ भने हस्ताक्षर किर्ते गरिएकाे छ ।
लालु गाउँ विकास समिति लेख्नु पर्ने लेटर हेडमा गलत नाम लेखिएकाेे छ भने तत्कालीन गाविस सचिव युवक हमालकाे किर्ते हस्ताक्षर गरिएकाे छ ।
नरहरिनाथ गाउपालिका कर्मचारी पदपूर्ति समितिले यति सानाे कुरामा ध्यान नदिएर वडाध्यक्षकाे दवावमा कर्मचारी नियुत्त गरिएकाे नागरिकले आराेप लगाएका छन् । उनिहरूले यसमा जनप्रतिनिधि लगायत कर्मचारीकाे समेत मिलेमतो रहेकाे बताए ।
लेटरहेडमा गाउ विकास समितिकाे कार्यालय लालु, ठाटिकाेट कालिकाेट लेखिएकाे छ भने कार्यानुभव सामाजिक परिचाल लेखिकाे देखिन्छ । यसरी स्पष्ट किर्ते देखिँदा देखिदै पालिकाले नियुक्त गरि कामकाजमा खटाईसकेकाे छ ।by ekarnalipati
Discussion about this post