कालिकोट -दैलेखकाे माथिल्लो डुङ्गेश्वर ,दुल्लु, डाडीमाडी ,व्याउले ,हाउडी हुदै पान्तडी बिर्तामोड सम्मको सडकको स्तरउन्नति बारे दुवै जिल्लाबिच छलफल सुरू भएकाे छ ।
माननीय- दुर्ग बहादुर रावत कालिकोट
माननीय- घनश्याम भण्डारी दैलेख
माननीय- देवेन्द्र शाही जुम्ला
माननीय राजिब बिक्रम शाह जाजरकोट लगायत दैलेखका सांसदहरूकाे बिचमा छलफल भएकाे छ ।
कर्णाली को उत्तर दक्षिण सडकको रुपमा बिकाश गरि बहुआयामिक सडक निर्माण गर्नुपर्ने बिषयमा सकारात्मक छलफल भएकाे छ ।
माननीय ज्युहरुले सदनमा आवाज उठाउनु भएकाे छ र मन्त्रालयले पनि पहल थालेकाे तर यसलाई कर्णाली प्रदेश कै गाैरबकाे आयाेजनाका रुपमा बिकास गर्न सवै क्षेत्रकाे साझा धारणाकाे बिकास हुन जरुरि रहेकाे भन्दै छलफल भएकाे छ ।कर्णालीकाे प्राचीन कालदेखिकाे प्राचीन राजमार्ग , रेशमी मार्ग र व्यापारीक मार्ग, सतलज नदिकाे किनार देखि, बर्दियाकाे दानवताल, काक्रेबिहार, दुल्लु, हाउडिलेख, हुँदै रैकासाघु, सिजा, रारा, खाेजेरनाथ गुम्वा, मानसरोवर हुँदै चिनकाे झियानझुन प्रान्त जाेड्ने हाल कर्णाली प्रदेशकै अत्यन्त छाेटाे, ऐतिहासिक र प्रर्यटन राजमार्ग काे रुपमा कर्णालीकै गाैरबकाे आयोजना मा दर्ज हुनेछ । जसले नेपाली भाषा, सिजा सभ्यता, खस ईतिहास र मानव सभ्यताको खाेज र अनुसन्धान गर्ने खुला बिश्वबिद्धालय काे मेरुदण्ड बन्नेछ । माननीय ज्युहरुले गंभिर चासाेका रुपमा लिनुभएकाे छ र कार्यान्वयनमा लागी पहल गर्ने सहमति भएकाे छ ।
Discussion about this post