Online News Khabar

युनिकोड

अनेरास्ववियु द्वारा क्यालेन्डर बिमाेचन

893
SHARES
1.1k
VIEWS

कालिकोट – नेकपा एमालेकाे भातृ संगठन अखिल नेपाल स्वतन्त्र बिद्यार्थी युनियन ( अनेरास्ववियुले ) कालिकोटले २०८० सालकाे क्यालेन्डर प्रकाशन गरि बिमाेचन गरेकाे छ ।
शनिबार सदरमुकाम मान्ममा संगठनका अध्यक्ष धर्मराज शाहीकाे अध्यक्षता, नेकपा एमाले प्रदेश कमिटी सदस्य ऐनबहादुर शाहीकाे प्रमुख आतिथ्यतामा क्यालेन्डरकाे बिमाेचन गरिएको हाे ।
क्यालेन्डरमा अनेरास्ववियुले ठुलाे महामारी काेराेना कालदेखि अहिलेसम्म गरेका समाजसेवा र खवरदारीका दृश्यहरू समेत समेटेकाे छ ।
कार्यक्रममा एमाले नेता अलिबहादुर शाही , अनेरास्ववियुका पुर्व केन्द्रीय सदस्य एवम एमाले कालिकोट लेखा सचिव रबिन्दबहादुर शाही , प्रेस चाैतारि नेपालका अध्यक्ष बिश्वनाथ सिम्खाडा, युवासंघका नेता गणेश शाही ,तिला कर्णाली बहुमुखी क्याम्पस काेषाध्यक्ष दिपा शाही , युवा संघका केन्द्रीय सदस्य बिरू शाही लगायतकाे उपस्थिति रहेकाे थियाे ।
बिमाेचन गर्दै प्रमुख अतिथि शाहीले क्यालेन्डरमा समाजसेवा देखि खवरदारि सम्म समावेश गरिएको प्रति धन्यवाद दिए ।
अध्यक्ष धर्मराज शाहीले ५ सय पिस क्यालेन्डर प्रकाशन गरेका छाै ।यसमा सन्देश, समाजसेवा देखि राज्यलाइ खवरदारि सम्मका कामहरूकाे दृश्य समेटिएको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित