Online News Khabar

युनिकोड

कामै नगरी रकम भुक्तानी लिन नआउनु होला ः उपप्रमुख शाही

978
SHARES
1.2k
VIEWS

कालिकोट- तिलागुफा नगरपालिकाले नगर भित्रका सम्पुर्ण योजनाहरुको अनुगमनलाई तिब्रता दिएको छ ।
असारे बिकासलाई अन्त्य गर्न समयमै योजनाहरुको काम गरी रकम फ्रिज नजान दिनका लागी अनुगमनलाई कडाई गरेको उप प्रमुख महेन्द्रबहादुर शाहीले बताए ।

तिलागुफा वडा नम्बर १ का बिभिन्न योजनाहरुको अनुगमन गर्दै प्रयाविधिक मापदण्ड अनुसार सही तरिकाले काम समयमै गर्न उपभोक्ताहरु लाई निर्देशन दिएका थिए ।

कामै नगरी रकम भुक्तानी दिने चलनको अन्त्य गर्न आफु चरण चरणमा निरन्तर अनुगमन गरिरहेको उपप्रमुख शाहीले बताए । आफुले काम नगरी रकम भुक्तानी दिन नगरपालिका नआउन पनी चेतावनी दिए । राम्रो काम गर्ने उपभोक्ता वा निर्माण कम्पनीलाई प्रात्साहन गर्ने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित