कालिकोट – शुभकालिका गाउँपालिका भर्ताका बिपन्न बालवालिकाले झोला सहितका स्कुले साम्रागी पाउदा दंग भएका छन ।
नेपाली जनसम्पर्क समिति इजरायलको सहयोगमा शुभकालिका गाउँपालिका वडा नं १,२ र ३ अर्थात साविक भर्ता गाविस भित्र रहेका अति विपन्न ३५ जना बालबालिकाले एक–एक झोला एक–एक सेट स्कुल ड्रेस कपि डटपेन पाएपछी बालवालिका संगै उनका अभिभावक समेत दंग भएका छन ।
शुभकालिका गाउँपालिका वडा नं ३ संञ्जालवाडा जन्म भइ हाल इजरायलमा कार्यरत कमलचन्द्र धितालको पहलमा इजरायलमा सहयोग संकलन गरेर उक्त सामाग्रीहरू गाउँका बालवालिकालाई वितरण गरिएको हो ।
बिदेशमा बसेर पसिना चुहाएर कमाएको रकमले गाउँका बिपन्न बालवालिकाहरु लाई सहयोग गर्ने कमललाई बालवालिकाका अभिभावकहरुले धन्यवाद दिएका छन ।
सहयोग आफुसंग भएर मात्र हैन धनसम्पती नभएपनी भावना देखीनै आएर हुने कुरा हो । जनज्योति माध्यमिक विधालयका विध्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम प्रसाद जैसिले भन कमलले बिदेशमा के कस्तो दःुख सुख छ हामिलाई थाहा छैन । आफु जन्मेको माटो र समाजको अवस्थालाई वुझेको भएर सहयोग गरे यो हामि सवै गाउँले र स्कुलको लागी ठुलो सहयोग भएको छ ।
वडा नं ३ का वडा अध्यक्ष प्रकाश बहादुर शाहीको प्रमुख उपस्थितिमा भएको कार्यक्रममा आफ्नो भनाई राख्दै सहयोगको पहल गर्ने कमलचन्द्र धितालका वुवा गंगाराम धितालले आफुले जन्माएको छोराले विदेशमा पसिना बगाएर पनि गरिब तथा विपन्न बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेकाले आफू खुसि रहेको बाताए ।
छोरा कमलले गाउँका दुख वुझेर सहयोग गर्यो ।
अध्यक्ष शाहीले सामाजिक सेवाको लागि सबै सरोकारवाला एक रूपताका साथ लागि पर्नु पर्ने बताउनु भयो । कार्यक्रममा आफ्नो भनाई राख्दै जनज्योति माध्यमिक बिध्धालयका व्यवस्थापन समिति अध्यक्ष प्रेम प्रसाद जैसिले आफू अध्यक्ष भएको पहिलो कार्यक्रममानै पहिला विपन्न बालबालिकालाई सहयोग गर्ने कार्यक्रम भएकोमा आफू खुसि भएको बताए ।
अध्यक्ष जैसिले यस्ता कार्यक्रमहरू नेपाल जस्ता देशमा अति आवश्यक भएकोले कार्यक्रम लाई निरन्तरता दिनु पर्ने धारण राखे ।
अध्यक्ष जैसिले भन्नू भयो इजरायलमा बसेर भर्ताका विपन्न बालबालिका लाई सहयोग गर्नुको कारण पनि कमलचन्द्र धिताल भर्तामै बसेर अध्यान गरेकारण र भर्ता प्रतिको माया भएको बताए ।
फोटोः
१) झोला पाउदा दंग भर्ताका बालवालिका
Discussion about this post