Online News Khabar

मनिषका परिवारलाई खाद्यान्न सहयोग

880
SHARES
1k
VIEWS

कालिकोटको पचालझरना गाउँ पालिका -४का महनलाल न्याैपानेकाे परिवारलाई खाद्यान्न सहयोग गरिएको छ।
अमेरिका निवासी अरुण बाँस्काेटाकाे आर्थिक सहयोग तथा पत्रकार ललित विष्टको समन्वयमा खाद्यान्न सहयोग गरिएको हाे।

२ वर्षका मनिष न्याैपानेकाे हातको उपचारकोलागि आर्थिक अभाव भएपछि जिल्ला अस्पताल कालिकोटका डाक्टर रमितानाथ याेगि लगायतका स्वास्थ्यकर्मीहरूले पैसा उठाएर उपचार गरेको समाचार प्रकासित भयपछि उक्त समाचार पढेर अमेरिकाबाट खाद्यान्न सहयोग जुटेकाे हाे ।
साेमबार पत्रकारहरू मनिषकाे घर पचालझरना गाउँपालिका घरमै पुगि
खाद्यान्न सहयोग पराप्त भए पछि उनका परिवाले धन्यवाद दिएका छन् ।
६ जनाको परिवारलाई ५ कट्ठा चामल १ कट्ठा दाल १पेटि तेल केही साबुन राहत दिएका हुन् ।
पत्रकार विष्ले याे भन्दा पहिले पनि वादि समुदाय र कालिकोटका दलित परिवारलाई खाद्यान्न सहयोग गरेका थिए।
उनको पहलमा हाल सम्म तीन जना बच्चालाई निशुल्क पढ्नकाे लागि पहल गरेर सुर्खेत र काठमाडौंमा पढ्न पठाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित