कालिकोट – जनचेतना बहुमुखी क्याम्पस मेहलमुडीको स्ववियुको चुनाव मान्य नहुने एमाले निकट अनेरास्ववियुले बताएको छ ।
क्याम्पस प्रशासनले फर्जी बिद्यार्थी हालेर एकलौटी गराएको अवैधानिक चुनाव आफ्नो संगठनले नमान्ने बताएको छ ।
सोमवार मान्ममा प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएर पत्रकार सम्मेलन गरी यस्तो प्रतिकृया सार्वजनिक गरेको हो ।
अनेरास्ववियुका केन्द्रिय सदस्य जलसा बुढा, कालिकोट जिल्ला अध्यक्ष तथा जनचेतना महमुखी क्याम्पसका स्ववियु सभापती धर्म बहादुर शाही, नेता रविन्द्रबहादुर शाही लगायतको टोलीले प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
फर्जि बिद्यार्थीको छानबिनको माग गर्दा गर्दै विद्यार्थी नेताहरुलाई कुटपिट गरी ठुलो संगठन अनेरास्वियु र अर्को अनेरास्ववियू लाई बाहिर राखेर क्याम्पस प्रशासनले अवैधानिक रुपमा संचालन गरेको चुनाव मान्य नहुने बताएको छ ।
यस विषयमा आवश्यक डकुमेन्ट झिकाएर छलफल गरी पुन चुनावको माग गरेको छ ।
पत्रकार सम्मेलनमा एमाले पार्टी अध्यक्ष जसीप्रसाद पाण्डे र प्रदेश कमिटि सदस्य लक्ष्मणबहादुर बलले आफ्ना नेता तथा बिद्यार्थी नेतामाथी गरिएको अराजक शैलिमा गरिएको आक्रमण निन्दनिय रहेको समेत बताएका थिए ।
साथै आक्रमण गर्ने माओवादी नेताहरुलाई आवश्यक कार्वाहीको लागी अगाढी बढ्ने बताएका थिए ।
कार्यक्रममा युवा नेता गणेशबहादुर शाही अनेरास्ववियुका नेताहरुको सहभागिता रहेको थियो ।
Discussion about this post