एमाले मिसन ग्रासरूट अभियान रास्काेटमा शुभारम्भ

एमाले मिसन ग्रासरूट अभियान रास्काेटमा शुभारम्भ

कालिकोट – नेकपा एमालेले सुरू गरेकाे मिसन ग्रासरूट अभियान रास्काेट नगरपालिकामा सुभारम्भ भएकाे छ ।
एमालेका केन्द्रीय प्रतिनिधि राजुसरण न्याैपानेकाे प्रमुख आतिथ्यता, प्रदेश प्रतिनिधि भरतराज धिताल एमाले जिल्ला पार्टी उपाध्यक्ष दयाराम सिम्खाडाकाे बिशेष आतिथ्यता र एमाले अघुवा नेता कार्यकर्ताकाे उपस्थितिमा साे अभियानकाे सुभारम्भ गरिएको हाे ।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि न्याैपानेले एमालेले सुरू गरिएको मिसन ग्रासरूट अभियानले एमाले सृढिट र बलियाे बन्ने बताए ।
ग्रासरूटले एमाले एक नम्बर पार्टी बन्नुका साथै जनताकाे लाेकप्रिय पार्टी बन्नेमा बिश्वास दिलाए ।
न्याैपानेले अब एमालेका नेता कार्यकर्ता गाउँमा जनताकाे सेवामा लागिरहनु पर्ने बताए ।
अब गाउँमा प्रतिपक्ष भएमा सरकारकाे खवरदारी संगै रचनात्मक सुझाव दिने समेत निर्देशन दिए ।
यस्तै कार्यक्रमका विशेष अतिथि प्रदेश प्रतिनिधि भरतराज धितालले जाे गाउँमा बस्छ,जाे जनताकाे माझ बसेर सेवा गर्छ त्याे मात्र नेकपा एमाले हुन सक्ने बताए ।
धितालले याे अभियानले जुन नेकपा एमाले बलियाे बनाउनमा महत्त्वपूर्ण हुने बताए ।
केन्द्रीय र प्रदेश कमिटीकाे सर्कुलर पढेर जानकारी दिदै धितालले संगठित सदस्य अनुसारको मत नअाउनु , पार्टी भनिरहने तर, मत अर्को पार्टीमा हाल्ने प्रवृत्तिले गर्दा पार्टीले धेरै ठाउँमा पराजय हुनु परेकाे बताए ।
यस्तै विशेष अतिथि तथा जिल्ला पार्टी उपाध्यक्ष दयाराम सिम्खाडाले पार्टिमा घात गर्नेहरूले पार्टी भित्र बसिरहनु उपयुक्त नरहेकाे बताए ।
यस्ता धाेकेबाज गतिविधि लाई केलाउन पत्ता लगाउनु पार्टीले मिसन ग्रासरूट अभियान संचालन गरेकाे छ ।
यसबाट एमाले ५० प्रतिशत सबल र बलियाे बन्नेमा बिश्वास ब्यक्त गरे ।
अब नेकपा एमाले समाजवादकाे अभियान संगै जनताबाझ रहेर एमाले पार्टीका बिचार सिद्धान्त जनतामाझ प्रस्ट पार्नु पर्ने बताए ।
साे अभियान कार्यक्रममा रास्काेट नगर कमिटी अध्यक्ष जसि राेकायाकाे अध्यक्षतामा सुरू भएकाे थियाे ।
कार्यक्रममा प्रदेश प्रतिनिधि जनकबहादुर शाही ,रास्काेट नगर कमिटी इन्चार्ज बिमल शाही , जिल्ला कमिटी सदस्य बसराज कम ,नगर सह इन्चार्ज दिपक सिम्खाडा, जिल्ला कमिटी सदस्य राजु बाेगटी, प्रेस चाैतारी नेपालका जिल्ला अध्यक्ष बिश्वनाथ सिम्खाडा लगायतकाे उपस्थिति रहेकाे थियाे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित