कालिकोट – प्रेस चौतारी नेपाल कालिकोटको बैठक बिभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । चौतारीका जिल्ला अध्यक्ष विश्वनाथ सिम्खाडाको अध्यक्षता, केन्द्रिय सदस्य तथा कर्णाली प्रदेश सह इन्चार्ज कालीबहादुर मल्लको प्रमुख आतिथ्यता र प्रदेश कमिटि महासचिव प्रेमराज सिम्खाडाको विषेश आतिथ्यतामा बैठक बसेको थियो ।
नेपाल पत्रकार महासंघको सभा हलमा संचालन गरिएको दोसा्रे पुर्ण वैठकले मुख्य ८ वटा निर्णय गरेको छ । प्रेस चौतारी नेपालको संगठन विस्तारको लागी ९ वटै पालिकामा पालिका स्थरिय संगठन निर्माण गर्ने । विभिन्न संगठनबाट चौतारीमा समाहित भएका हरुको प्रदेश र जिल्लामा शिफारिस गर्ने, कालिकोट चौतारी नामक स्मारिका प्रशासन गर्ने, चैत पहिलो हप्ता भित्र प्रेस चौतारी नेपालको जिल्ला भेला आयोजना गर्ने निर्णय गरिएको चौतारीका सचिव डिल्ली चौलगाईले जानकारी गराएका छन । र चौतारीमा अधिवक्ता राजु बोगटी र खडानन्द चौलगाईलाई कानुनी सल्लाकार राख्ने ।
यसैविच समाजवादी प्रेस संगठनका तारा सार्की, हस्त सुनार, प्रेस सेन्टरका दिलीप चौलगाई, छत्रकला शाही र कोपिला शाही चौतारीमा समाहित भएका छन ।
समाहित हुने सवैलाई प्रेस चौतारीमा स्वगत गर्दै प्रमुख अतिथि मल्लले श्रमजीबी पत्रकारको हक हित र अधिकारका लागी वकालत गर्ने एकमात्र संगठन प्रेस चौतारी भएकाले चौतारीमा आवद्ध हुनेहरुको लर्को लागी रहेको बताए ।्
Discussion about this post